समाधान

15,458 भ्यु
लेख सुन्नुहोस् 1:35

पाठकहरूका समस्याको समाधान सुझाउने पत्रिकाको एउटा स्तम्भमा, एक जना किशोरले आफ्नो व्यक्तिगत समस्या यसरी साझा गरे :

“मेरी आमा सधैँ मलाई कचकच मात्र गरिरहनुहुन्छ । घर आउनेबित्तिकै हात धो, होमवर्क समयमै गर्, सुत्नुअघि ब्रस गर्, अनि नराम्रा साथीहरूबाट टाढै बस् भनिरहनुहुन्छ । आमाको यो कचकचबाट कसरी छुटकारा पाउने होला ?”

परामर्शदाताले यसरी जवाफ दिए ।

“घर पुग्नेबित्तिकै हात धुनुस्, आफ्नो होमवर्क समयमै गर्नुस्, सुत्नुअघि ब्रस गर्नुस्, अनि नराम्रा साथीहरूबाट टाढै बस्नुस् ।”

समाधान

1:35
0:00 1:35

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।