अवसरको रूपमा परिवर्तन भएको कमजोरी

7,578 भ्यु
लेख सुन्नुहोस् 2:17

विश्व प्रसिद्ध सञ्चालक टोस्कानिनी पहिला एक प्रतिभाशाली चेलो वादकको रूपमा चिनिन्थे । आँखाको ज्योति कमजोर भएकोले उनले सङ्गीतको नोट पढ्न सक्दैनथे । त्यसैले चेलो बजाउनका लागि उनले सम्पूर्ण सङ्गीतको धुन नै कण्ठ गर्नुपर्थ्यो ।

एक दिन एउटा महत्त्वपूर्ण कन्सर्टअघि उनका सञ्चालक बिरामी परेर अस्पतालमा भर्ना भए । आर्केस्ट्रा सदस्यहरूमध्ये, टोस्कानिनी मात्र एक यस्ता व्यक्ति थिए जसलाई सबै स्कोर कण्ठ थियो । त्यसैले त्यस दिन उनले नै सञ्चालकको भूमिका निभाए । त्यही एउटा कन्सर्टले उनको जीवनमा ठूलो मोड ल्यायो र उनी एक प्रसिद्ध सञ्चालकको रूपमा चम्किन सफल भए ।

यदि टोस्कनिनीको आँखा पनि अर्केस्ट्राका अन्य सदस्यहरूको जस्तै राम्रो भएको भए, के उनी एक प्रसिद्ध सञ्चालकका रूपमा चिनिन सक्थे होला ?

अवसरको रूपमा परिवर्तन भएको कमजोरी

2:17
0:00 2:17

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।