निर्णय

फ्रान्सको मार्टिनिक टापुमा ज्वालामुखी विस्फोटन हुन लागेको थियो । ठीक त्यही समयमा एउटा जहाजले बन्दरगाहमा सामान हालिरहेको थियो ।
ज्वालामुखी विस्फोटन हुने सङ्केत थाहा पाएपछि जहाजका कप्तानले आफूले गरिरहेको कामलाई तुरुन्तै रोकेर टापु छोड्ने तयारी गरे । तिनले वरपर रहेका मानिसहरूलाई पनि तुरुन्तै टापु छोड्न आग्रह गरें । तर कसैले पनि तिनको कुरा सुनेनन् । तिनीहरूले कप्तानलाई गाली गर्दै हतार-हतार जहाजमा सामान हालिरहे ।
कप्तानले ढिला नगरी जहाज चलाए । बन्दरगाहबाट जहाज लैजाने क्रममा कार्गो मालिक र भन्सारका अधिकारीहरूले कप्तानलाई मुद्दा हाल्ने धम्की दिए । ठीक त्यही समयमा ठूलो आवाजका साथ ज्वालामुखी विस्फोटन भयो । केही मिनेटमै त्यो सहर भग्नावशेषमा परिणत भयो, र त्यहाँका बासिन्दाहरूले झण्डै आफ्नो ज्यान गुमाए ।