जीवनको अर्थ

37,803 भ्यु
लेख सुन्नुहोस् 7:54

यो उपाख्यान अमेरिकी इतिहासकार तथा दार्शनिक विल डुरान्ट ले आफ्नो पुस्तक ‘अन द मिनिङ अफ लाइफ’ मा प्रस्तुत गरेका थिए ।

एक दिन, एक जना सज्जन मानिस डुरान्टलाई भेट्न आए, र आफ्नो जीवन जिउने कुनै कारण नभएको कुरा बताए । तर डुरान्टले उचित जवाफ दिन सकेनन् ।

उक्त कुराकानीबाट प्रभावित भएका डुरान्टले जीवनको उद्देश्यबारे आधारभूत प्रश्नहरू सोध्दै विभिन्न क्षेत्रका १०० जना प्रख्यात व्यक्तिहरूलाई पत्र पठाए : पत्रमा जीवनको अर्थबारे धेरै प्रश्नहरू थिए । तपाईंको प्रेरणा र ऊर्जा कहाँबाट आउँछ ?, तपाईंलाई निरन्तर प्रयास गरिरहने उत्प्रेरणा केले दिन्छ ?, तपाईंले सान्त्वना र खुसी कहाँ पाउनुहुन्छ ?, केलाई सबैभन्दा बढी मूल्यवान्‌ ठान्नुहुन्छ ? पत्र प्राप्त गर्नेहरूमा लेखक, मनोरञ्जनकर्ता, कलाकार, विद्वान, व्यापारी, वैज्ञानिक, धार्मिक व्यक्तित्व र आजीवन कारावासको सजाय पाएका विभिन्न व्यक्तिहरू थिए । प्रत्येकले आ-आफ्नो विचारअनुसार जवाफ दिए ।

“मलाई एकदमै आवश्यक परेको कुराचाहिँ चिन्ताबाट मुक्त हुने तरिका हो … मेरो विचारमा चिन्ता एउटा दीर्घकालीन रोग हो ।”

“मलाई यो कुरा भन्दा दुःख लागिरहेको छ, म एकदमै व्यस्त भएकोले मेरो जीवनको कुनै अर्थ छैन ।”

विश्व प्रसिद्ध युरोपेली नाटककारले स्पष्ट रूपमा यस्तो जवाफ दिए,

“मलाई कसरी थाहा हुन्छ ? यस्तो प्रश्नको अर्थ के हो ?”

यो प्रतिक्रियाहरूलाई बेवास्ता गर्न सकिँदैन, किनभने धेरै लामो समयदेखि मानिसहरूले निरन्तर रूपमा यस्ता प्रश्नहरू सोध्दैआएका छन्, “हामी किन जिउँछौं ?” “हामीले कसरी जिउनुपर्छ ?” “के साँच्चै मृत्यु अन्त्य हो ?” तर अहिलेसम्म कसैले पनि सर्वव्यापी, ठोस र विश्वस्नीय उत्तर पत्ता लगाउन सकेको छैन । डुरान्टले समेत यस्ता कुराहरूद्वारा आफ्नो पुस्तक समापन गरे ।

“यदि जीवनको अर्थ केवल यसका सुन्दर पलहरू मात्र हुन् भने पनि (हुन त योभन्दा बढी अरू पनि हुन सक्छ), जिउनका लागि त्यही नै काफी छ ।”

जीवनमा अँध्यारो सुरुङमा भौंतारिएझैँ गरी अगाडि के छ भन्ने कुरा समेत थाहा नपाएकाहरूका लागि एउटा पत्र लेखिएको छ । १,६०० वर्षको अवधिमा ११८९ अध्यायहरू समावेश गरेर एउटा लामो पत्र लेखियो जसमा मानव-जातिले जान्न चाहेका सबै प्रश्नहरूको उत्तर, कारण, अर्थ, दिशा र अन्त्य लेखिएको छ ।

त्यो पत्रचाहिँ बाइबल हो, र यसलाई पठाउनुहुने व्यक्ति परमेश्वर हुनुहुन्छ । यो पत्रद्वारा जीवनको अर्थ, उद्देश्य, दिशा र मूल्य महसुस गर्न पाउँदा हामी एकदमै आभारी र खुसी छौं । हामीले लगनशीलतापूर्वक परमेश्वरको वचन अध्ययन गरेर व्यवहारमा लागू गऱ्यौं भने हाम्रो जीवन कहिल्यै नसोचेको तरिकाले समृद्ध हुनेछ । यसबाहेक, जीवनको अर्थ खोजिरहेकाहरूलाई परमेश्वरको पत्र बाँड्यौं भने हामीले त्यसको उत्तर पाउनुका साथै आफ्नो जीवन खुसी र सन्तुष्टिपूर्ण रूपमा जिउन सक्नेछौं ।

जीवनको अर्थ

7:54
0:00 7:54

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।