अबचाहिँ उड्ने समय हो

15,290 भ्यु
लेख सुन्नुहोस् 4:43

सबैलाई थाहा भएकै कुरा हो, चराहरूले अण्डा पार्न र अण्डाबाट बच्चा कोरल्नका लागि कडा परिश्रम गर्छन् । सामान्यतया चराहरूले आफ्नो शरीरलाई भूइँमा टस्साउँदैनन्, तर अण्डा कोरल्नका लागि तिनीहरू आफ्नो शरीरलाई भुइँमा एकदमै च्याप्टो पारेर टाँस्छन् र अण्डाहरूलाई समान रूपमा तातो दिन आफ्नो पूरा ध्यान केन्द्रित गर्छन् ।

अण्डाबाट चल्ला निस्केपछि माउ चराहरू तिनीहरूलाई खुवाउनमा व्यस्त हुन्छन् । तिनीहरूले दिनमा अनगिन्ती पटक आहारा खोज्न जान्छन् तर आफूले भने विरलै खान पाउँछन् ।

यसरी आफ्ना चल्लाहरूप्रति पूर्ण रूपमा समर्पित माउ चराहरू, चल्लाहरूले गुँड छोड्ने समय नजिकिँदै गर्दा एकदमै कठोर र निर्मम हुन थाल्छन् । त्यो समयमा तिनीहरूले चल्लाहरूलाई पहिलाको जस्तो आहारा खुवाउँदैनन् । त्योचाहिँ यदि माउ चराहरूले, चल्लाहरूले ढिपी गरे जति खुवाउन थाले भने चल्लाहरूको तौल बढेर उड्न नसक्ने हुने भएकोले हो । यस्तो व्यवहारले चल्लाहरूको मन दुख्न सक्छ, तर यो नै चल्लाहरूलाई उड्न योग्य बनाउने एक मात्र तरिका हो ।

परमेश्वरले हामीलाई गर्नुभएको प्रेम र परिश्रम यी चराहरूको तुलनामा अतुलनीय छ । स्वर्गका परमेश्वर पापीहरूलाई मुक्ति दिन पापीहरू बस्ने यस पृथ्वीमा आउनुभयो, र हरप्रकारको त्याग र समर्पणद्वारा हाम्रो हेरचाह गर्नुभयो ।

संसारको जीवन कष्टकर भएकोले कहिलेकहीँ परमेश्वरले प्रेम गर्नुहुन्न कि जस्तो लाग्न सक्छ । तर हाम्रो आत्माको मुक्तिको लागि परमेश्वरले गर्नुहुने कार्यमा कदापि गल्ती हुँदैन भन्ने कुरा सधैँ याद राखौं । परमेश्वरको प्रेम कहिल्यै पनि अपूर्ण वा कम हुँदैन । अबचाहिँ गुँडबाट बाहिर निस्केर आत्मिक पखेटा फडफडाउने समय हो ।

अबचाहिँ उड्ने समय हो

4:43
0:00 4:43

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।