भाषा चयन गर्नुहोस् ।

Close

मन सफा राखौं

10,453 भ्यु
लेख सुन्नुहोस् 2:30

केवल एक चोटि घर सफा गर्दैमा त्यो घर सधैँभरि सफा रहिरहँदैन । फेरि धुलो जम्मा हुने भएकोले सफा गरिरहनुपर्छ । घरलाई सफा र व्यवस्थित बनाउनको लागि सधैँ सफा गर्न आवश्यक छ ।

हाम्रो मनको सन्दर्भमा पनि उस्तै हो । विगतको गल्तीप्रति पछुताएर राम्रो गर्ने मन बनाए तापनि पछि त्यो मनस्थिति सधैँ नरहन सक्छ । अनि कहिलेकहीँ नचाहँदानचाहँदै गल्ती गर्ने अवस्था पनि हुन सक्छ ।

हिजो बाँधेको जुत्ताको तुना आज खुकुलो हुन्छ र भोलिचाहिँ फुस्किन्छ । जुत्ताको तुना सधैँ बाँधेजस्तै आफूले गरेको सङ्कल्पलाई सधैँ याद गर्नुपर्छ । अनि ईश्वरीय स्वभावमा ढल्नको लागि सधैँ आफूलाई फर्केर हेर्नुपर्छ । अनावश्यक कारणको लागि आफूले सङ्कल्प गरेको कुरा नगरीकन आफूलाई दोष मात्र दिनु उचित हुँदैन । जुत्ताको तुना बाँधेजस्तै खुकुलो भएको हृदयलाई हरेक दिन बाँधेर आफ्नो मनस्थिति बलियो बनाउनुपर्छ ।

मन सफा राखौं

2:30
0:00 2:30

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।