रमाइलो यात्रा

20,732 भ्यु
लेख सुन्नुहोस् 5:35

एउटा जानकारीमूलक पत्रिकाले ‘कस्ता मानिससँग घुम्न जान मन लाग्दैन ?’ भन्ने विषयमा एउटा सर्वेक्षण गरेको थियो । सर्वेक्षणको परिणामअनुसार ‘अरूलाई अन्धाधुन्ध पछ्याउनेहरू’, ‘सधैँ गुनासो मात्र गर्नेहरू’, र ‘आफ्नो विचारमा मात्र अडिग रहनेहरू’लाई सूचीको अग्र स्थानमा राखिएको थियो । नयाँ ठाउँमा घुम्न जाँदा बाटो खोज्न अलिकति पनि प्रयास नगरी सबै जिम्मा अर्को व्यक्तिलाई मात्र थोपर्ने, अनि आफूले सोचेजस्तो नहुँदा कचकच मात्रै गरिरहने व्यक्तिलाई कसैले पनि मन पराउँदैन । त्यसैगरी आफूलाई जान मन लागेको ठाउँ र खान मन लागेको परिकार थोरै फरक हुँदा समेत आफ्नो मात्रै ढिपी कस्ने मानिससँग यात्रा गर्न एकदमै गाह्रो हुन्छ ।

“वास्तविक यात्रा भनेको नयाँ ठाउँहरू घुम्नु मात्र होइन, तर नयाँ दृष्टिकोण पाउनु हो ।” लेखक मार्सेल प्रोस्ट

अरूसँग गरिने यात्रालाई अर्थपूर्ण बनाउनको निम्ति विचारशीलता, अरूलाई आदर गर्ने भाव, बुझिदिने मन र त्यागको आवश्यकता पर्छ ।

हाम्रा आत्मिक दाजुभाइ-दिदीबहिनीहरूसँगै मिलेर स्वर्गतर्फ अगि बढ्ने हाम्रो यो यात्रा पनि ठ्याक्कै उस्तै हो । यस यात्राको क्रममा कहिलेकहीँ हामीले अनपेक्षित रूपमा झरीको सामना गर्नुपर्ने हुन सक्छ वा लामो घुमाउरो बाटो रोज्नुपर्ने हुन सक्छ । यस्तो परिस्थितिमा यदि हामीले सधैँ गनगन गर्दै आफ्नो जिम्मेवारी अरूलाई थोपार्न खोज्यौं भने, यो यात्रा झन्-झन् कष्टकर हुनेछ ।

त्यसैले यदि हामीले बाइबललाई आफ्नो दिशासूचक यन्त्र बनाएर आफ्नो विश्वासको बाटो नियाल्यौं, र ढिपी गर्नुको साटो सद्भावका साथ दाजुभाइ-दिदीबहिनीका कुराहरूमा कान लगायौं भने, हाम्रो यो यात्रा अझ बढी रमाइलो र फलदायी हुनेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वर हामीसँगै हुनुहुन्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन । परमेश्वरले हामीलाई सही बाटोमा डोऱ्याउनुहुँदै जीवनको पानीको वचनद्वारा दिन प्रतिदिन नयाँ बल प्रदान गर्नुहुने भएकोले हाम्रो यो यात्रा रमाइलो र धन्यवादपूर्ण छैन र !

रमाइलो यात्रा

5:35
0:00 5:35

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।