WATV.org is provided in English. Would you like to change to English?
मे २४ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा तेस्रो पटक सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठीको आयोजना गरियो । परमेश्वरको मण्डलीका सन्तहरूको साँचो विश्वासलाई जगाउने मात्र नभएर बाइबलको विश्वसनीयता, परमेश्वरको अस्तित्व र मुक्तिको उपायप्रति जिज्ञासु रहेका नागरिकहरूलाई उत्प्रेरित गर्ने हेतुले आयोजना गरिने यस गोष्ठीले, आयोजना हुँदैपिच्छे मानिसहरूको ध्यान अझ खिँचिरहेको छ ।
गोष्ठीमा १७ वटा देशका सन्तहरूको सहभागिता रहेको थियो, अनि अणु जीव अनुसन्धानकर्ता र जहाज इन्जिनियर जस्ता दक्ष व्यक्तिहरूले मञ्चमा आएर आफ्नो प्रस्तुति दिए । यसको साथै जर्मनी, चिली, संयुक्त राज्य अमेरिका, कोलम्बिया, मेक्सिको जस्ता विभिन्न देशका वक्ताहरूले ‘भविष्यको निम्ति रोजाइ,’ ‘सामूहिक व्यवहार र माता परमेश्वर,’ ‘प्रेमको मूल तत्त्व के हो ?,’ ‘जीवनको अणु,’ ‘आमाको स्वरूप परिवर्तन’ इत्यादि विषयलाई जीवशास्त्र, ऐतिहासिक विज्ञान, मनोविज्ञान, विधिशास्त्र, व्यावसायिक प्रशासन जस्ता विषयहरूसँग जोडेर ‘मुक्तिको साँचो’ माता परमेश्वर र नयाँ करारको सत्यताबारे गहन प्रस्तुति दिए । तस्वीर तथा सूचना चित्रणसहितका विविध प्रस्तुतिहरूले दर्शकहरूको ध्यान अझ खिँच्न मद्दत पुऱ्याएको थियो ।
‘कानून-कानूनबीच टक्कर’ शीर्षकमा प्रस्तुति दिएका डिकन फिलिप भोन ग्लिन्स्की(वकील / बर्लिन, जर्मनी)ले भने, “हामुराबीको कोड र ट्याङ कोड भन्ने प्राचीन कानूनदेखि लिएर अहिलेको आधुनिक कानूनसम्मै, सजायचाहिँ अपराधको स्तरअनुसार दिइन्छ भन्ने मान्यता छ, तर ख्रीष्टले बलिदानद्वारा खडा गर्नुभएको नयाँ करारचाहिँ सजाय नभएर प्रेम र क्षमा हो, अनि उहाँ ७ अरब सबै मानव-जातिले नयाँ करार पालन गरेर पाप-क्षमा र मुक्ति पाऊन् भन्ने चाहनुहुन्छ ।”