WATV.org is provided in English. Would you like to change to English?
यूएन अन्तर्राष्ट्रिय विपत् जोखिम न्यूनीकरण कार्यालय(UNISDR)का प्रमुख मामी मिज्युटोरीले गत अक्टोबरमा UNISDRको एउटा प्रतिवेदनमा “अत्यधिक मौसमी घटनाबाट निम्तिने आर्थिक नोक्सानीको कुनै टुङ्गो हुँदैन” भनेका थिए । जलवायु समस्याको प्रतिरोध गर्नमा अन्तर्राष्ट्रिय समुदायको सक्रिय सहभागिता जरुरी छ भनेर विज्ञहरूले औँल्याउनुको कारण पनि यही हो ।
नोभेम्बर २२ तारिखमा परमेश्वरको मण्डलीले ‘सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिरोधको निम्ति टक कन्सर्ट’ कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरको गोष्ठी कक्षमा आयोजना गऱ्यो । यसको उद्देश्यचाहिँ जलवायु परिवर्तनप्रति सारा विश्वको ध्यान खिँच्नु र भावी पुस्ताका अगुवा रहेका हाम्रा विश्वविद्यालय विद्यार्थीहरूको राय र सिर्जनशील भिजनहरू साझा गर्नु हो । गत अक्टोबरमा पेरुको ASEZ अन्तर्राष्ट्रिय फोरममा सहभागी भएका प्रधान न्यायाधीश दुर्बेली अपोलिनार रोड्रिगेज तिनेओ(पेरु)ले कार्यक्रमका एक वक्ताको रूपमा कोरियाको भ्रमण गरे । संयुक्त राज्य अमेरिका, गणतन्त्र दक्षिण अफ्रिका, फिलिपिन्स, पेरु र कोरियाबाट ASEZ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका ६०० जना विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सदस्यहरू यस कार्यक्रममा सहभागी भए ।
कार्यक्रम आरम्भ गर्नुहुँदै महासचिव पास्टर गिम जु छलले, परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीलाई वास्तविक सुन्दर स्वरूपमा फर्काउन प्रयत्नरत विश्वविद्यालय विद्यार्थीहरूमाथि प्रशस्त आशिष् बर्सियोस् भनी प्रार्थना गर्नुभयो ।
अनि सुरुको परिचयमा उहाँले “२,००० वर्षअघि येशू ख्रीष्ट एक जनाको बलिदानद्वारा सारा मानव-जातिका निम्ति मुक्तिको बाटो खुल्यो । परमेश्वरले दिनुभएको मानव-जातिप्रतिको जोश, विवेक र प्रेम लिएका हरेक विश्वविद्यालय विद्यार्थीको कार्यले पूरै विश्वलाई सुन्दर र आशामय हुने गरी परिवर्तन गर्नेछ” भन्नुहुँदै प्रोत्साहन दिनुभयो ।
टक कन्सर्टको विषयचाहिँ ‘जलवायु परिवर्तनप्रति प्रतिक्रिया र विश्वविद्यालय विद्यार्थीको भूमिका’ थियो । पेरुका प्रधान न्यायाधीश साथै अमेरिकी राज्य वातावरणीय न्यायका सद्भावना राजदूत दुर्बेली अपोलिनार रोड्रिगेज तिनेओले जलवायु परिवर्तनको मुख्य कारण नै हरितगृह ग्याँस रहेको कुरा बताए । पृथ्वीको फोक्सो भनिने अमेजोन उष्ण वन एकदमै द्रुत गतिले नाश भइरहेको छ, जसले गर्दा कार्बन डाइअक्साइड ग्याँस न्यून मात्रामा सोसिएर पृथ्वीलाई ठूला क्षतिहरू भइरहेको छ । यी समस्याहरूलाई हल गर्न तिनले उरुग्वे र कोस्टा रिका जस्ता देशहरूको अवस्थालाई उद्धृत गर्दै प्रथमतः कार्बन डाइअक्साइड ग्याँसको उत्सर्जन घटाउनुपर्ने कुरालाई अगि सारे । “हरितगृह ग्याँस उत्सर्जन गर्ने जीवावशेष ऊर्जा(धूवाँ ल्याउने इन्धन)को प्रयोगलाई ठ्याप्पै बन्द गर्नुपर्छ, अनि त्यस्ता सामग्रीहरूको नवीकरण र पुनः प्रयोगबारे अध्ययन गर्नतिर कदम चाल्नुपर्छ” भन्दै तिनले विद्यार्थीहरूलाई विस्तृत कार्य-योजनाबारे जानकारी दिए ।
त्यसपछि विश्वविद्यालय विद्यार्थीहरूको प्रस्तुति सुरु गरियो । संयुक्त राज्य अमेरिका, गणतन्त्र दक्षिण अफ्रिका र पेरुबाट आएका ASEZ सदस्यहरूले प्रस्तुति गरे । उनीहरूले आफ्नो देशले खेपिरहेको खडेरी, ताप लहर, भारी वर्षा इत्यादि जलवायु प्रकोपहरूको समाधानको लागि वातावरणीय समूहहरूसँगको सहकारितामा गोष्ठी, फोरम, प्रदर्शनी, क्याम्पेन र सरसफाइको आयोजनाद्वारा वातावरणसम्बन्धी जनचेतना जगाउने गतिविधिहरूबारे प्रस्तुति गर्दै विश्वविद्यालय विद्यार्थीहरूको भूमिकाको खोजी गरे ।
थप कार्यक्रमको रूपमा, जलवायु परिवर्तनको गम्भीरता अवगत गराउन र ASEZका गतिविधिहरूलाई चिनाउन प्रदर्शनी प्यानलहरू राखिएका थिए । प्रदर्शनीको अवलोकन गरेका विश्वविद्यालय विद्यार्थीहरूले “फोहोरलाई छुट्टाछुट्टै सङ्कलन,” “विद्युत खपत ! उपकरणहरू प्रयोगमा नहुँदा अफ गर्ने गरौं,” “सार्वजनिक सवारी प्रयोग गरौं ! आफू त पैदल हो,” “रङ्गीचङ्गी लुगा लगाऔं,” “वातावरण इन्जिनियरिङ कक्षामा ध्यान दिऔं,” “पृथ्वी, म तिमीलाई माया गर्छु ! ASEZले तिमीलाई रक्षा गर्नेछ” इत्यादि कुराहरू प्यानलहरूमा लेखे, अनि त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने कुरामा आफ्ना विचारहरू बाँडे ।
‘सहस्राब्दी पीढीको सवाल’ भन्ने शीर्षकमा प्रस्तुति दिएका ब्रदर अलेक्जेन्डर(सान डिएगो, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका)ले “अहिले हामीले झेलिरहेको वातावरण समस्याचाहिँ कुनै व्यक्ति अथवा सरकारबाट समाधान हुन सक्दैन । हामी सबै जनाले मिलेर समाधान गर्नुपर्छ । सूचना आदानप्रदान गरेर समस्या पत्ता लगाई त्यसको समाधानको उपाय खोज्नु साँच्चै महत्त्वपूर्ण छ । यसकारण म यही भन्न चाहन्छु, कि हामी विश्वविद्यालय विद्यार्थीहरूले हाम्रो शक्ति समायोजन गरेर कार्यान्वयन गर्ने समय अहिले नै हो” भने ।
ASEZ सङ्गठनले परिवारको रेखदेख गर्नुहुने आमाको प्रेमद्वारा, मानव-जाति र विश्वव्यापी वातावरणको भविष्यप्रति चिन्तन गर्दै हरेक दिशाबाट विविध गतिविधिहरूलाई अगि बढाउँदैआएको छ । यूएन, सरकार र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग सहकार्य गर्दै गतिविधिहरूलाई विस्तार गर्दैगएको ASEZको अर्को कदममा अन्तर्राष्ट्रिय समुदायले ध्यान केन्द्रित गरेको छ ।