पाउदान

‘हादोम’ भनिने हिब्रू शब्दलाई अङ्ग्रेजीमा ‘Footstool’ भनिन्छ ।
‘Footstool’ अर्थात् पाउदानचाहिँ खुट्टा राख्नको निम्ति बनाइएको एक प्रकारको फर्निचर हो ।

38,804 भ्यु

१. यशैया अध्याय ६६मा परमेश्वरको पाउदानको रूपमा वर्णन गरिएको पृथ्वी

परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो । मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ ?” यशै ६६:१

२. परमेश्वरको पाउदानको रूपमा वर्णन गरिएको महा पवित्रस्थानमा रहेको करारको सन्दूक

“तब खडा भएर दाऊद राजाले भने, ‘हे मेरा दाजुभाइ र प्रजा हो, मेरा कुरा सुन । परमप्रभुको करारका सन्दूकको निम्ति एउटा विश्रामस्थान, हाम्रा परमेश्वरका पाउदानको निम्ति एउटा भवन बनाउनलाई मेरो मनमा विचार गरेको थिएँ, अनि मैले त्यो निर्माण गर्नलाई तयार पनि गरें ।’ ” १ इति २८:२

“हामी उहाँको वासस्थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं ।” भज १३२:७

३. शत्रु दियाबलस ख्रीष्टको खुट्टाको पाउदान हुनेछ

धेरै पहिले, युद्धको विजेताले विजयको प्रतीकस्वरूप हार्ने व्यक्तिलाई कुल्चने गर्थे । हार्ने देशको राजाले विजेताको अगाडि घुँडा टेक्नुपर्थ्यो । विजेताले पराजितमाथि कुल्चने भएकोले पराजितलाई पाउदानको रूपमा वर्णन गरिन्थ्यो ।

परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ ।” … परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ ।” भज ११०:१-४

यो अगमवाणी मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पूजाहारीको रूपमा आउनुभएका ख्रीष्टको विषयमा गरिएको हो । यसले ख्रीष्टको शत्रु, शैतान, ख्रीष्टको पाउदान हुनेछ भन्ने कुराको पनि अगमवाणी गरेको छ ।