
मन्दिरमा शिक्षा दिइरहनुभएका येशूज्यूकहाँ सबै मानिसहरू आए । शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए । तिनीहरूले येशूज्यूलाई सोधे,
“व्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने आज्ञा दिएका छन् । तपाईं यसको बारेमा के भन्नुहुन्छ ?”
तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यो प्रश्न सोधेका थिए । प्रश्न सोधी नै रहेका कारण येशूज्यूले आफ्नो मुख खोल्नुभयो ।
“तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस् ।”
तिनीहरूले आफ्नो गल्ती महसुस गरे र एक-एक गरेर गए, र येशूज्यू त्यस स्त्रीसँग एकलै छोडिनुभयो ।
येशूज्यूले त्यस स्त्रीलाई सानो सोरमा भन्नुभयो ।
“म पनि तिमीलाई दण्ड दिन्नँ । जाऊ, अनि फेरि पाप नगर ।”
आफ्नो पापको कारण मृत्युको मुखमा पुगेकी र मुस्किलले आफ्नो ज्यान बचाउन सफल भएकी त्यस स्त्रीलाई येशूज्यूले एउटै कुरा भन्नुभयो, “फेरि पाप नगर ।”
वर्तमान समयमा परमेश्वरले हामीबाट चाहनुभएको कुरा पनि यस्तै हो । गम्भीर पाप गरेका हामीले नरकको सजाय भोग्नुपर्ने थियो, तर परमेश्वरले हामीलाई दण्ड दिनुको सट्टा पश्चात्ताप गर्ने मौका दिनुभयो । त्यसैले हामीले पहिल्यै तोकिएको दण्डबाट बचेर मुक्तिको मौका पाउन सकेका हौं । यदि हामीले अझै पाप गरिरह्यौं र परमेश्वरको अनुग्रह बिर्सिएर जीवनको व्यवस्थाको अवज्ञा गऱ्यौं भने, परमेश्वरले हाम्रो निम्ति साँचेर राख्नुभएको स्वर्गीय राज्यको आशिष गुमाउन पुग्नेछौं ।
पापमय प्रलोभनले हाम्रो हृदयमा जरा गाड्दा वा थाहै नपाई हाम्रा पापमय चालहरू प्रकट हुँदा हाम्रो गम्भीर पापको बाबजुद हामीलाई दण्ड नदिइकन मुक्तिको मौका दिनुभएका ख्रीष्टको अनुग्रहलाई सम्झनुपर्छ, अनि हाम्रा सबै पाप पखालेर पवित्र विश्वासका साथ स्वर्गीय राज्यमा प्रवेश गर्नुपर्छ ।