आवश्यकता एउटै कुराको छ

लूका १०:३८-४२

15,010 भ्यु

मार्था नाउँ भएकी एक जना स्त्रीले येशूज्यूलाई आफ्नो घरमा स्वागत गरिन् ।

येशूज्यूले वचन सिकाइरहनुहुँदा मार्थाकी बहिनी मरियम येशूज्यूको पाउनेर बसेर उहाँको वचन सुन्दथिन् । मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन् । तिनले येशूज्यूकहाँ आएर भनिन्,

“प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न ? त्यसलाई भनिदिनुहोस्, र त्यसले मलाई सघाओस् ।”

तर येशूज्यूले जवाफ दिएर तिनलाई भन्नुभयो,

“मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छ्यौ, र व्याकुल हुन्छ्यौ । तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन ।”

आफ्नो घरमा आउनुभएका येशूज्यूको सेवा-सत्कार गर्ने काममा व्यस्त भएकी मार्थाले एउटा कुरा छुटाइन् । त्यो नै मुक्तिदाताको वचन सुन्नुचाहिँ अरू कुनै कामभन्दा अझ बढी महत्त्वपूर्ण छ भन्ने यथार्थता हो ।

एकातिरबाट सोच्दा, परमेश्वरलाई केही टक्र्याउनु पनि राम्रो कुरा त हो, तर परमेश्वरले चाहनुहुने कुरा पहिला सिकेर त्यसलाई व्यवहारमा लागू गर्नुचाहिँ सधैँ पहिलो प्राथमिकतामा हुनुपर्छ । यदि हामीले हरेक अवस्थामा यस्तो मन लियौं भने कुनै पीर, चिन्ता हुनेछैन । किनभने हामीहरू परमेश्वरको साथमा हुँदा आनन्दको समय मात्र हुनेछ ।