सत्यताको

परमेश्वरको मण्डलीले बाइबलमा दिइएको परमेश्वरको शिक्षालाई पछ्याउँदछ ।

निस्तार-चाड

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” यूह ६:५३ ‘विपत्ति पार’ गराउने निस्तार-चाड(Passover) पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि मिश्रमा ४०० वर्षभन्दा बढी समय दासत्वको जीवन जिइरहेका इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको…

शबाथ-दिन

परमेश्वरले मान्नू भनेर आज्ञा गर्नुभएको सृष्टिकर्ताको सम्झनाको दिन, शबाथ-दिन । यो विश्रामको दिन त हो, तर त्योभन्दा पहिला योचाहिँ सम्पूर्ण थोक सृष्टि गर्नुभएका परमेश्वरको सृष्टिलाई सम्झना गर्ने दिन हो । परमेश्वरले सृष्टिकर्ताको सम्झनाको दिन, शबाथ-दिनलाई विशेष दिनको रूपमा छुट्ट्याउनुभएर १० आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोकिदिनुभयो । “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू ।”प्रस २०:८ परमेश्वरको प्रजा हो भने परमेश्वरको इच्छाअनुसार शबाथ-दिन पवित्र रूपले मान्नुपर्छ । शबाथ-दिन मानेको छ कि छैन भन्ने कुराद्वारा परमेश्वरले आफ्ना प्रजाहरूलाई छुट्ट्याउनुहुन्छ (इज २०:११-१७; यशै ५६:१-७) । त्यसोभए सातौँ दिन शबाथ-दिन कुन बारमा पर्छ होला ? येशूज्यू पुनरुत्थान हुनुभएको दिनसम्बन्धी अभिलेखद्वारा शबाथ-दिन शनिबार हो भनेर बाइबलले गवाही दिएको छ । हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि ... (सरल नेपाली बाइबल : आइतबार बिहानै)मर्क १६:९…

घुम्टो

परमेश्वरको सेवा गर्ने मानिसहरूले नियमित आराधनाको समयमा उचित पहिरन लगाउनु उनीहरूको कर्तव्य हो । परमेश्वरले हामीमा पवित्र मन हुनुपर्छ, अनि पुरुषले शिर ढाक्नुहुँदैन, तर स्त्रीले शिर ढाक्नुपर्छ भन्ने शिक्षा दिनुभयो । ... हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ । प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ । तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरेको जस्तो हो । १ कोर ११:३-५ हामीले आराधना गर्नुको उद्देश्य नै परमेश्वरको महिमा प्रकट गर्नु हो । परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले परमेश्वरको महिमा प्रकट गर्नको निम्ति आराधनाको समयमा शिर केहीले पनि ढाक्दैनन्, तर बाइबलको शिक्षाअनुसार स्त्री सन्तहरूले भने…