सेवा
सत्यताभित्र आशिष् पाउने सेवा
सेवाको कार्य एकदमै महान् र मूल्यवान् छ, तर सत्यता थाहा नपाइकन गरेको सेवामा परमेश्वरको आशिष् प्रतिज्ञा गरिएको हुँदैन । यद्यपि सत्यतामा रहेर गरेको सेवामा चाहिँ प्रशस्त मात्रामा परमेश्वरको आशिष् प्रतिज्ञा गरिएको हुन्छ । हामीले कस्तो मन लिएर सेवा गरेमा अझ धेरै आशिष् पाउन सकिन्छ भन्ने कुरा बुझ्न परआउनुाभएरमेश्वरका शिक्षाहरू हेरौं । १. सेवा गर्नको लागि सेवक बन्नुपर्छ । अरूलाई आदर गर्दै विशेष किसिमले व्यवहार गर्ने प्रक्रियालाई सेवा भनिन्छ । उच्च वर्गीयले निम्न वर्गीयलाई सेवा गर्न सक्दैन । तसर्थ अरूको सेवा गर्नको लागि अरूभन्दा पनि होचिन आवश्यक छ । मूल रूपमा परमेश्वर हुनुभए तापनि येशूज्यूले शरीरको वस्त्र धारण गर्नुभयो र दासको रूपमा आउनुभएर आज्ञाकारिता र सेावाको उदाहरण देखाइदिनुभयो(लूक २२: २६-२७) । हामीले येशूज्यूको शिक्षा याद गर्दै सेवकको मन लिएर सारा हृदयले…
सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण
परमेश्वरले “सेवा गर्ने होओ” भन्नुभएको छ । स्वर्गीय सन्तान हामीहरू परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्दै परमेश्वरले खुशी मान्नुहुने स्वर्गीय सन्तानहरू बन्नुपर्छ । सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण के हो, बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं । पहिलो, ख्रीष्ट स्वयम्ले सेवाको उदाहरण देखाइदिनुभएकोले “... तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ । जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।” मत्ती २०:२६-२८ परमेश्वर सारा ब्रह्माण्डमा सर्वोच्च र महापवित्र व्यक्ति हुनुभए तापनि उहाँ स्वयम् यस पृथ्वीमा मानिसको स्वरूपमा आउनुभयो, अनि उहाँले हाम्रो निम्ति मृत्युसम्म बलिदान हुनुभएर हाम्रो सेवा गर्नुभयो । योचाहिँ उहाँले हाम्रो निम्ति देखाइदिनुभएको सेवाको उदाहरण…
हामीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ होला ?
सन्तानहरू एकतामा रहँदा परमेश्वर खुशी हुनुहुन्छ (भज १३३:१; फिलि २:१-२) । तर यदि हामीहरू एक-अर्कासँग रुखो व्यवहार गर्दै विचारशील हुँदैनौं भने एकतामा रहन कठिन हुन्छ । यसकारण हामीहरू प्रेमको मनद्वारा एक-अर्काप्रति नम्र र विचारशील हुँदै परमेश्वर खुशी हुनुहुने एकतामा रहनुपर्छ । अब, हामीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं । पहिलो, हामीले शिष्टतापूर्वक एक-अर्कालाई प्रेम गर्नुपर्छ । “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।” यूह १३:३४ परमेश्वरले हामीलाई प्रेम गर्नुभएजस्तै हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ भन्नुभएको छ । नयाँ करारद्वारा परमेश्वरको देह र रगत प्राप्त गरेका हामीहरू परमेश्वरसँग मात्र एउटै शरीर भएका होइनौं, तर दाजुभाइ-दिदीबहिनीसँग पनि एउटै शरीर भएका छौं । यसकारण…