परीक्षालाई जितेका विश्वासका पुर्खाहरू

शैतानले संसार सृष्टि भएको समयदेखि नै परमेश्वरका सन्तानहरूलाई परीक्षामा पार्न विभिन्न धूर्त चाल चल्दैआएको छ । हामीले परमेश्वरको आशिष् पाएर अनन्त स्वर्गमा प्रवेश गर्नको निम्ति शैतानका यस्ता परीक्षाहरूलाई जित्नैपर्छ । बाइबलमा शैतानको परीक्षालाई जितेर आशिष् पाएका विश्वासका पुर्खाहरूको कार्यसम्बन्धी थुप्रै अभिलेखहरू छन् । तिनीहरूको कार्यबारे अध्ययन गरेर हामीहरू परीक्षालाई जित्नको निम्ति लिनुपर्ने विश्वासबारे जान्ने समय लिऔं । १. येशूज्यू ४० दिनसम्म उपवासको प्रार्थना गर्नुभएपछि येशूज्यूलाई शैतानले ३ किसिमले परीक्षा गऱ्यो । येशूज्यूले त्योद्वारा, हामीले उहाँलाई विश्वास गरेर पछ्याउँदा आइपर्ने परीक्षाको विषयमा पहिल्यै जानकारी दिनुभयो । पहिलो, मानिसको सबैभन्दा कमजोर पक्ष रहेको भोजनको परीक्षा आइपर्दा येशूज्यूले “मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ” भन्ने वचनद्वारा परीक्षालाई जित्नुभयो । दोस्रो, दियाबलसले परमेश्वरको शक्तिको परीक्षा गर्दा येशूज्यूले “तैंले…

शैतानको परीक्षा र विजय

शैतानले सधैँ मान-सम्मान, स्वार्थीपना, झैँझगडा, घृणा, अधिकार, पैसा, माया-मोह, ईर्ष्या, लोभ, प्रतिष्ठा, गौरव जस्ता सांसारिक कुराहरूको प्रलोभन देखाएर हाम्रो मनलाई अन्यत्र भुलाउन खोज्छ । त्यसो गर्दै हाम्रो विश्वासलाई कमजोर पारेर त्यसले हामीलाई स्वर्ग-राज्य जानबाट वञ्चित गराउन खोज्छ । शैतानका यी सम्पूर्ण परीक्षाहरूमा विजयी भएर स्वर्ग प्रवेश गर्ने दिनसम्म हामीले आफ्नो विश्वास जोगाउनुपर्छ । १. शैतानले हामीलाई कस्तो तरिकाले परीक्षा गर्छ ? १. हामीलाई खाँचो परेको बेला भौतिक चीजद्वारा परीक्षा गर्छ । २. परमेश्वरको प्रबन्धप्रति शङ्का उत्पन्न गराएर परीक्षा गर्छ । ३. संसारको विभिन्न महिमा देखाउँदै, परमेश्वरलाई विश्वास गर्नुभन्दा संसारको महिमा पाउनु नै उत्तम ठान्ने सोचाइ हालिदिएर परीक्षा गर्छ । ४. मूर्तिपूजाद्वारा परीक्षा गर्छ । ५. वरिपरिका मानिसहरूलाई उक्साएर विरोध गर्न लगाई परीक्षा गर्छ । ६. सम्पत्ति धेरै बढाइदिँदै धनको पछि…

सियोनमा भेला हुन प्रयत्न गर्नुपर्ने कारण

छोरा-छोरीहरू एकसाथ भेला हुँदा बुबा-आमा खुशी हुनुभएजस्तै, परमेश्वर पनि उहाँका सन्तहरू एकसाथ भेला भएको चाहनुहुन्छ, र त्यसरी भेला भएको ठाउँमा आशिष् दिनुहुन्छ । “फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ, किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु ।” मत्ती १८ː१९-२० “जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूको माझमा हुनेछु” भन्ने यो वचनचाहिँ एकलै गर्ने प्रार्थना सुनिदिनेछैनँ भन्ने वचन होइनकि, हामी एकसाथ भेला हुनु त्यति महत्त्वपूर्ण छ भन्ने अर्थ हो । प्रेरितहरूले पनि सन्तहरूलाई अक्सर भेला हुन आग्रह गर्थे । कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं ।…

सियोनमा भेला हुन प्रयत्न गर्नुपर्ने कारण

12:45
0:00 12:45

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।