WATV.org is provided in English. Would you like to change to English?

शैतानको परीक्षा र विजय

633 हेरेको संख्या

शैतानले सधैँ मान-सम्मान, स्वार्थीपना, झैँझगडा, घृणा, अधिकार, पैसा, माया-मोह, ईर्ष्या, लोभ, प्रतिष्ठा, गौरव जस्ता सांसारिक कुराहरूको प्रलोभन देखाएर हाम्रो मनलाई अन्यत्र भुलाउन खोज्छ । त्यसो गर्दै हाम्रो विश्वासलाई कमजोर पारेर त्यसले हामीलाई स्वर्ग-राज्य जानबाट वञ्चित गराउन खोज्छ । शैतानका यी सम्पूर्ण परीक्षाहरूमा विजयी भएर स्वर्ग प्रवेश गर्ने दिनसम्म हामीले आफ्नो विश्वास जोगाउनुपर्छ ।

१. शैतानले हामीलाई कस्तो तरिकाले परीक्षा गर्छ ?

  1. १. हामीलाई खाँचो परेको बेला भौतिक चीजद्वारा परीक्षा गर्छ ।
  2. २. परमेश्वरको प्रबन्धप्रति शङ्का उत्पन्न गराएर परीक्षा गर्छ ।
  3. ३. संसारको विभिन्न महिमा देखाउँदै, परमेश्वरलाई विश्वास गर्नुभन्दा संसारको महिमा पाउनु नै उत्तम ठान्ने सोचाइ हालिदिएर परीक्षा गर्छ ।
  4. ४. मूर्तिपूजाद्वारा परीक्षा गर्छ ।
  5. ५. वरिपरिका मानिसहरूलाई उक्साएर विरोध गर्न लगाई परीक्षा गर्छ ।
  6. ६. सम्पत्ति धेरै बढाइदिँदै धनको पछि लाग्ने गराइदिएर परमेश्वरको सेवा गर्ने कार्यलाई बेवास्ता गर्ने गराई परीक्षा गर्छ ।
  7. ७. झूटतिर आकर्षित गराएर सत्यताप्रतिको दृष्टिकोणलाई मधुरो तुल्याई शङ्का गर्ने गराएर परीक्षा गर्छ ।
  8. ८. धम्की, हिंसा इत्यादिद्वारा परमेश्वरतिर जाने बाटो रोकेर परीक्षा गर्छ ।
  9. ९. विश्वासभित्र रहेका सन्तहरूमाझ मनमुटाव उत्पन्न गराएर आपसमा घृणा गर्ने गराई एकताबद्ध हुन नसक्ने गराएर विरोध गर्छ ।

२. शैतानको परीक्षामाथि विजय गर्ने तरिका के होला ?

  1. १. निरन्तर प्रार्थना गरेर विजय गर्नुपर्छ (मत्ती २६ː४१) ।
  2. २. विश्वासमा स्थिर भएर विजय गर्नुपर्छ (एफि ६ː१६) । विश्वासचाहिँ दियाबलसलाई परास्त गर्ने हतियार हो, संसारलाई जित्ने शक्तिको स्रोत हो (१ यूह ५ː४) ।
  3. ३. परमेश्वरको वचनद्वारा त्यसको विरोध गरेर विजय गर्नुपर्छ (मत्ती ४ː२-११) ।
  4. ४. परीक्षालाई सहेर धैर्य धारण गर्दै विजय गर्नुपर्छ (याक १ː२-४) ।
  5. ५. जति परीक्षा आउँछ, उति परमेश्वरमा मात्र भरोसा गरेर विजय गर्नुपर्छ ।
  6. ६. परमेश्वरको सारा हातहतियार धारण गरेर विजय गर्नुपर्छ (एफि ६ː१३) ।
  7. ७. भक्तिमा तालीम लिँदै विजय गर्नुपर्छ (२ पत्र २ː९) ।
  8. ८. विश्वासी दाजुभाइ, दिदीबहिनीप्रति घृणा उत्पन्न हुने परीक्षा आउँदा, उति नै धेरै प्रेम गर्ने मन लियौं भने शैतान भागेर जानेछ ।

शैतानले हामीलाई पाप गर्न लगाएर गलत बाटोतिर लाग्ने, विश्वासलाई त्याग्ने, परमेश्वरको विरोध गर्ने र अन्तिममा त्यसैको पछि लाग्ने गराउँछ । हामीलाई प्रलोभन र पासोमा पारेर हाम्रो आत्मालाई नष्ट गरी नरकमा डोऱ्याउन पाउँदा शैतान खुशी हुन्छ । शैतानको यस्तो परीक्षामा हामीहरू जसरी पनि विजयी हुनुपर्छ । भविष्यमा गइने अनन्त स्वर्गलाई सोच्दै हामीहरू सम्पूर्ण परीक्षामाथि विजयी भएर आशिष् पाउने सन्तहरू होऔं ।

समीक्षात्मक प्रश्न
परीक्षामाथि विजयी हुने तरिका के हो ?
परीक्षाको सामना गरेको क्षण र त्यसमाथि विजयी हुन सकेको तरिकाबारे सोचौं ।