बुबालाई पत्र

10,203 भ्यु
본문 읽기 3:42
현재 언어는 음성 재생을 지원하지 않습니다.

आलास्कामा बस्ने ९ वर्षको केटो, म्याकले सन् २००९मा अफगानिस्तानमा मारिनुभएका आफ्ना बुबाको हरेक जन्मदिनमा आमासँगै केक बनाएर भोज गर्ने गर्थ्यो । तर यो वर्षचाहिँ उसले एउटा विशेष पत्र लेख्यो ।

“बुबा, बाकसभित्र बस्नुहुँदा कस्तो लागिरा’छ ? तपाईं अहिले कति वर्षको हुनुभयो ? बित्नुहुँदा कति वर्षको हुनुहुन्थ्यो ? तपाईंलाई मनपर्ने खानेकुरा के हो ? मनपर्ने जनावर कुन हो ? तपाईंको रुचिचाहिँ नि त ? तपाईंलाई के गर्न एकदमै मन पर्छ ? स्वर्गको जीवनयापन कस्तो छ ? मैले गरेका कामहरू माथिबाट सबै देखिरहनुभएको छ नि, होइन ?”

केवल ५ वर्षको छँदा बुबालाई गुमाएको म्याकको मनमा थुप्रै जिज्ञासाहरू थिए । म्याकचाहिँ आफूले बुबालाई कहिल्यै नभुलेको र अझैसम्म माया गरिरहेको कुरा देखाउन चाहन्थ्यो । म्याकले बुबालाई लेखेको पत्र, उसकी आमाले फेसबुकमा राखिदिइन्, अनि त्यो पत्र ‘Helping American Veterans Experience Alaska [HAVE-Alaska]’को सहयोगद्वारा F-22 लडाकू पाइलट लेफ्टिनेन्ट कर्नेल, ब्रायन बल्डविनले पनि पढे ।

कुनै दिन विशेष मिशनमा खटाइएका लेफ्टिनेन्ट कर्नेल ब्रायन बाल्डविनले गत जनवरी २४ तारिखमा, बुबाको तिर्सना गर्ने कलिलो छोराको व्याकुल मनलाई दिवङ्गत बुबाकहाँ पुऱ्याउने आशामा, म्याकको पत्र लिएर विमान उड्न सक्नेसम्मको उचाइमा उडाए ।