शरीरभित्रको विष, ‘रिस’

32,531 भ्यु
लेख सुन्नुहोस् 3:48

भनिन्छ कि, “रिसाए बुढो भइन्छ, हाँसे जवानी फर्किन्छ ।” एक पटक रिसाउँदा एक पटक बुढो भइन्छ, एक पटक हाँस्दा एक पटक जवान भइन्छ भन्ने अर्थ हो । योजस्तै हाँसोले मानिसलाई जवान र स्वस्थ बनाउँछ तर रिसले मानिसलाई बुढो र बिरामी बनाउँछ । रिसाउँदा शरीरले एड्रेनालाईन र कोर्टिसोल जस्ता हर्मोनहरू उत्पादन गर्दछ जसले रक्तचाप बढाएर मुटुको रक्तनलीका पर्खालहरूलाई हानि पुऱ्याउँछ र मुटुको धड्कन द्रत गतिमा बढाउँछ । यस्तो अवस्था दोहोरिरह्यो भने मुटु रोग, उच्च रक्तचाप, धमनीकोष र अपच जस्ता रोगहरू सजिलै लाग्न सक्छ, र मस्तिष्क कोषिका बिग्रिएर अल्जाइमर हुन सक्ने सम्भावना प्रबल हुन्छ ।

अमेरिकाका डा. एल्मर गेट्सले मानव सासको रोचक परीक्षण गरेका थिए । तिनले मानिसहरूको सास सङ्कलन गरेर चिस्याए, र केही अवशेषहरू बनाए । आश्चर्यको कुरा, मानिसहरूको फरक-फरक भावनाअनुसार अवशेषको रङ्ग र तत्वहरू फरक देखिए । अझ बढी अचम्मको कुराचाहिँ, तिनले मानिस रिसाउँदा निस्कने खैरो अवशेषलाई प्रयोगात्मक मुसामा हालिदिँदा त्यो केही मिनेटमै मऱ्यो । यो परीक्षणद्वारा मानिस रिसाउँदा शरीरबाट घातक विष निस्कन्छ भन्ने यथार्थता थाहा पाउन सकिन्छ ।

अधीर भएर रिसाउने आदतले आफ्नो स्वास्थ्य मात्र होइन, अरूको स्वास्थ्यमा समेत गम्भीर क्षति पुऱ्याउँछ । रिसलाई आत्म-नियन्त्रण गरेर जवान र स्वस्थ रहौं ।

शरीरभित्रको विष, ‘रिस’

3:48
0:00 3:48

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।