सुरुको मन

750 हेरेको संख्या

कुनै पनि कामको थालनी गर्दा सुरुमा लिइने मन हुन्छ, शुद्ध र नम्र मन अनि व्यग्रता । यसैलाई ‘सुरुको मन’ भनिन्छ ।

कुनै एउटा अनलाइन रोजगार बजार खबर साइटले, कार्यक्षेत्रमा कर्मचारीले कति समयसम्म सुरुको मन लिएर काम गर्दारहेछन् भन्नेबारे जान्न ९६० जना कर्मचारीहरूमा सर्वेक्षण गऱ्यो । औसतमा त्यो एक वर्षभन्दा पनि कम हुने गरेको पत्ता लाग्यो । सुरुमा रोजगार पाउँदा मानिसमा सारा जगत् पाएसरहको खुशी, कडा परिश्रम गर्ने सङ्कल्प र काममा हिँडेको पहिलो पाइलाले मुटु जोडसँग ढुकढुक हुनेसम्मको उत्साह जाग्छ । यो सुरुको मनलाई गुमाइएन भने हत्तपत्त मनमा चोट लाग्दैन, कमजोर भइँदैन । त्यसोभए कसो गरेमा सुरुको मनलाई कायम राख्न सकिन्छ होला ?

सुरुको मन स्मरण गराउने कुनै सामान छ भने त्यसलाई देखिने ठाउँमा राख्नु अथवा कुनै आदर्श वाक्य या त आफूले पछ्याउन चाहेको आदर्श व्यक्तिको तस्वीर भित्तामा झुण्ड्याउनु अथवा पहाड र समुद्र जस्ता प्राकृतिक कुराहरूद्वारा आफ्नो मनलाई शुद्ध गराउनु पनि उत्तम तरिका हो । सबैभन्दा प्रभावकारी उपाय भनेको बेला-बेलामा आफैसँग कुराकानी गर्ने समय निकाल्नु हो । ‘मैले साँच्चै चाहेको कुरा के होला ?’ ‘अहिले म कतातिर जाँदैछु ?’ ‘लक्ष्य प्राप्तिको निम्ति मैले के गर्नुपर्छ होला ?’ … आफैलाई यी प्रश्नहरू सोध्ने गर्नुहोस् ।

सुरुको मन कहिल्यै नगुमाउन प्रयत्न गर्दा उत्साह र धैर्यता पनि धारण गर्न पुगिन्छ ।