सुरु गर्ने उचित समय

18,070 भ्यु
लेख सुन्नुहोस् 2:23

संयुक्त राज्य अमेरिकाको लोकप्रिय चित्रकार ग्रेन्डमा मोजेजले ८० वर्षको उमेरमा आएर पहिलो पल्ट पेन्टब्रस समाती चित्र कोर्न सुरु गरेकी थिइन् । त्यस बेलादेखि १०१ वर्षको उमेरसम्म, अर्थात् यो संसारबाट बिदा हुनअघिसम्म तिनले १,६०० वटा कृतिहरू छोडेर गइन् । आफ्नो पूरै जीवन एकदमै विकट गाउँमा बिताएकीले तिनमा चित्रकलासम्बन्धी त्यस्तो विशेष ज्ञान थिएन । तैपनि संयुक्त राज्य अमेरिकाका ग्रामीण परिदृश्यहरू समाहित तिनका कृतिहरूलाई धेरैले मन पराए । तिनको गीति र हृदयस्पर्शी कृतिहरू हेरेर धेरै मानिसहरूको मनमा शान्ति छायो ।

तिनले यसो भनेकी थिइन्,

“प्रायःले मलाई ढीलो भइसक्यो भनेका थिए । तर वास्तवमा कुनै कुराको खोजी गर्ने मानिसको लागि अहिलेको समय नै उसको जीवनको सबैभन्दा गतिशील समय हो । कुनै पनि कार्य सुरु गर्ने उचित समय हो ।”

सुरु गर्ने उचित समय

2:23
0:00 2:23

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।