स्वर्ग र पृथ्वीको सृष्टि, उत्कृष्ट कारिगरी

28,022 भ्यु
본문 읽기 2:34
현재 언어는 음성 재생을 지원하지 않습니다.

माइकलएन्जेलोको उत्कृष्ट कृतिचाहिँ ‘द क्रिएशन अफ एडम’ हो ।

उनले यो कृति लगभग ४ वर्षमा पूरा गरे । सिलिङमा रङ लगाउनुपर्ने भएकोले दिनभरि टाउको र पाखुरा माथि उठाएर काम गर्नुपर्थ्यो जुनचाहिँ एकदमै कष्टकर थियो, तर उनले त्यो पीडा सहेर सम्पूर्ण तनमनद्वारा त्यो कृति पूरा गरे ।

कृति पूरा भएपछि उनले त्यो भित्तेचित्रमा खुशीसाथ आफ्नो नाम लेखे, र मण्डलीबाट निस्किए । चम्किलो सूर्य, नीलो आकाश र चराहरू उडिरहेका थिए … प्रकृतिको अद्भुत सौन्दर्य देखेर माइकलएन्जेलो मन्त्रमुग्ध भए । त्यो समयमा उनले यसरी सोचे ।

“परमेश्वरले यस्तो सुन्दर प्रकृति सृष्टि गर्नुभए तापनि आफ्नो कारिगरी देखाउने कुनै सङ्केत छोड्नुभएन तर मैलेचाहिँ सानो भित्तेचित्र बनाएको कुरामा पनि गर्व गर्न चाहें ।”

फेरि मण्डलीमा गएर उनले आफ्नो नाम मेटाइदिए । त्यसपछि उनले कुनै पनि कृतिमा आफ्नो नाम लेखेनन् ।