परिवर्तन

조회 9,862

जाडो हिउँदमा, तापक्रम शून्यभन्दा तल झर्दा, कलकल बगिरहेको खोलाको पानी र तालचाहिँ मानिसहरू चिप्लेटी खेल्न सक्ने ठोस बरफमा परिणत हुन्छ । यसको ठीक विपरीत पानीलाई ततायो भने त्यो वाष्पीकरण हुन्छ । तरल पानी हावामा उड्न सक्दैन तर बाफमा परिवर्तन भएपछि चाहिँ यो कार्य सम्भव छ ।

परिवर्तन हुनअघिसम्म असम्भव लागेको कुरा, परिवर्तन भएपछि चाहिँ सजिलै गर्न सकिन्छ । यो सिद्धान्त परमेश्वरका सन्तानहरूमा पनि लागू हुन्छ । माताले दिनुभएको वचनजस्तै, स्वर्गीय मानिसको रूपमा नयाँ गरी जन्मियो भने, विगतमा कार्यान्वयन गर्न नसकेको सबै परिस्थितिमा धन्यवाद दिन अब भने सजिलो लाग्नेछ, सधैँ आनन्दित रहनु र प्रार्थना गर्नु हाम्रो दैनिक जीवनयापन बन्नेछ । दाजुभाइ-दिदीबहिनीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्ने कार्य र एक आत्मा बचाउने कार्यसमेत निश्चय नै गर्न सकिनेछ । तर यो कार्य हामीले एकलै गर्न सक्दैनौं, हामीलाई सहयोगको खाँचो पर्छ । पानी पनि बाहिरी उत्तेजकविना परिवर्तन हुन नसकेजस्तै हामीहरू पनि सहयोगी हातहरूविना कदापि परिवर्तन हुन सक्दैनौं । त्यसैले बिन्ती गरौं, सानोलाई एक शक्तिशाली जाति बनाउनुहुने परमेश्वरलाई ।

“छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग । र आफ्नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर ।” एफि ४:२२-२४