आमाको साहस

4,226 भ्यु

साहित्य विधाका नोबेल पुरस्कार विजेता पर्ल एस. बकले आफ्नो बाल्यकाल मिशनरी हुनुभएका बुबासँग चीनमा बिताइन् । कुनै एक वर्ष भयानक खडेरी लागेको बेला थियो । उनका बुबा लामो यात्रामा जाँदाखेरि “श्वेत जाती पर्ल एस. बककी आमाले देवताहरूलाई रीस उठाएकीले खडेरी लागेको हो” भन्ने हल्ला फैलियो । समय बित्दैजाँदा मानिसहरू रीसले चूर भए र एक दिन पर्लकी आमालाई हानि गर्न पर्लको घरमा जम्मा भए ।

हल्ला सुनेर डराएकी पर्लकी आमाले साहस बटुलिन् र केक, फलफूल र चिया लिएर आइन् । त्यसपछि उनले त्यस दिनको प्रतीक्षा गरिरहेझैं गरेर घरका सबै ढोकाहरू खोलिन् । उनले सानी पर्ललाई खेलौना दिएर खेल्न लगाइन् र आफूचाहिँ सिलाइको काम गर्न थालिन् ।

केही बेरपछि मानिसहरू ठूलो स्वरले चिच्याउँदै पाइप लिएर उनको घरभित्र पसे । घरका ढोकाहरू खुल्लै रहेको देखेर उनीहरू छक्क परे । उनीहरूले घरभित्र हेर्दा पर्लकी आमाले, “यहाँहरूलाई स्वागत छ, हामीले यहाँहरूको प्रतिक्षा गरिरहेका थियौं” भनेर नम्रतापूर्वक न्यानो स्वागत गरिन् । एकछिन त उनीहरू अकमकिए तर पछि उनीहरूले भित्र गएर चिया पिए र केक खाए । उनीहरूले बिस्तारै चिया पिउँदै खेलौना खेलिरहेकी पर्ल र सिलाइको काम गरिरहेकी आमाको अनुहार एक टकले हेरे र त्यतिकै फर्केर गए । त्यस दिन, खडेरी अन्त्य हुने गरी पानी पऱ्यो ।

डरलाई जितेर गाउँलेहरूलाई स्वागत गर्न साहस बटुलेकी पर्लकी आमाले सङ्कटलाई पार गर्न सकिन् ।

हरेक मानिस कहिलेकहीँ डरको समयबीच गुज्रिनुपर्ने अवस्था हुन्छ । त्यसो हुँदा परमेश्वरले सहयोग गर्नुहुनेछ भन्ने विश्वास गर्दै साहस बटुलेर शान्तपूर्वक त्यस अवस्थाको सामना गर्नुभयो भने यहाँहरूले बुद्धिमानीपूर्वक कठिनाइलाई पार गर्न सक्नुहुन्छ ।