WATV.org is provided in English. Would you like to change to English?

आमाको साहस

20,612 भ्यु

साहित्य विधाका नोबेल पुरस्कार विजेता पर्ल एस. बकले आफ्नो बाल्यकाल मिशनरी हुनुभएका बुबासँग चीनमा बिताइन् । कुनै एक वर्ष भयानक खडेरी लागेको बेला थियो । उनका बुबा लामो यात्रामा जाँदाखेरि “श्वेत जाती पर्ल एस. बककी आमाले देवताहरूलाई रीस उठाएकीले खडेरी लागेको हो” भन्ने हल्ला फैलियो । समय बित्दैजाँदा मानिसहरू रीसले चूर भए र एक दिन पर्लकी आमालाई हानि गर्न पर्लको घरमा जम्मा भए ।

हल्ला सुनेर डराएकी पर्लकी आमाले साहस बटुलिन् र केक, फलफूल र चिया लिएर आइन् । त्यसपछि उनले त्यस दिनको प्रतीक्षा गरिरहेझैं गरेर घरका सबै ढोकाहरू खोलिन् । उनले सानी पर्ललाई खेलौना दिएर खेल्न लगाइन् र आफूचाहिँ सिलाइको काम गर्न थालिन् ।

केही बेरपछि मानिसहरू ठूलो स्वरले चिच्याउँदै पाइप लिएर उनको घरभित्र पसे । घरका ढोकाहरू खुल्लै रहेको देखेर उनीहरू छक्क परे । उनीहरूले घरभित्र हेर्दा पर्लकी आमाले, “यहाँहरूलाई स्वागत छ, हामीले यहाँहरूको प्रतिक्षा गरिरहेका थियौं” भनेर नम्रतापूर्वक न्यानो स्वागत गरिन् । एकछिन त उनीहरू अकमकिए तर पछि उनीहरूले भित्र गएर चिया पिए र केक खाए । उनीहरूले बिस्तारै चिया पिउँदै खेलौना खेलिरहेकी पर्ल र सिलाइको काम गरिरहेकी आमाको अनुहार एक टकले हेरे र त्यतिकै फर्केर गए । त्यस दिन, खडेरी अन्त्य हुने गरी पानी पऱ्यो ।

डरलाई जितेर गाउँलेहरूलाई स्वागत गर्न साहस बटुलेकी पर्लकी आमाले सङ्कटलाई पार गर्न सकिन् ।

हरेक मानिस कहिलेकहीँ डरको समयबीच गुज्रिनुपर्ने अवस्था हुन्छ । त्यसो हुँदा परमेश्वरले सहयोग गर्नुहुनेछ भन्ने विश्वास गर्दै साहस बटुलेर शान्तपूर्वक त्यस अवस्थाको सामना गर्नुभयो भने यहाँहरूले बुद्धिमानीपूर्वक कठिनाइलाई पार गर्न सक्नुहुन्छ ।