उपभोग गर्ने खुशी, स्मरण गर्ने खुशी

12,745 भ्यु
लेख सुन्नुहोस् 3:29

विद्यालयका दिनहरूमा साथी, करियर र भविष्यको बारेमा धेरै चिन्ता हुन्छ । तर त्यो समय पार गरिसकेका वयस्कहरूले चाहिँ अहिलेका विद्यार्थीहरूलाई यसो भन्ने गर्छन्, “तिमीहरूको लागि सबैभन्दा उत्तम समय भनेको अहिले हो ।” बच्चा जन्माएपछि तिनलाई हुर्काउनमा व्यस्त रहने आमाहरूलाई आफू कठिन समयबीच गुज्रिरहेको छु जस्तो आभास हुन्छ । तर सबै बुबा-आमाहरूले आफ्नो लागि सबैभन्दा ठूलो खुशी नै सन्तान हो भन्ने गर्छन् । सैनिकहरूलाई सैन्य जीवनको समय रमाइलो छ कि छैन भनेर सोध्यो भने एकदम थोरैले मात्र रमाइलो छ भन्छन् । तर सैन्य सेवा सम्पन्न गरेका मानिसहरूचाहिँ बडो फुर्तिका साथ आफ्नो सैन्य जीवनको अनुभव सुनाउँछन् । कुनै हर्षपूर्ण स्मृतिलाई ताजा गरेजस्तै गरी उनीहरूको गाथा समाप्त नै हुँदैन । कठिन संसारमा जिइरहेका जवान मानिसहरूको निम्ति जीवन भारपूर्ण छ जस्तो देखिए पनि, वयस्कहरूले चाहिँ जवान हुनु एकदम राम्रो हो भन्छन् ।

कहिलेकहीँ हामीहरू वर्तमानमा खुशी हुन असफल हुन्छौं तर यो समय बितेपछि त्यो नै खुशी थियो भनी महसुस गर्न पुग्छौं । अहिले आफ्नो वरिपरि रहेको सानो खुशीलाई पनि हामी नगुमाऔं । जिउन एकदम गाह्रो र पीडादायी भए पनि, पछि गएर त्यो नै खुशीपूर्ण स्मृति बन्न सक्छ ।

उपभोग गर्ने खुशी, स्मरण गर्ने खुशी

3:29
0:00 3:29

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।