गत वर्षमा यहाँहरूले आफ्नो परिवारसँगै के-कस्ता योजनाहरू बनाउनुभएको थियो ? नव वर्ष लाग्दाखेरि वर्षलाई अझ फलवन्त रूपमा बिताउनको लागि हामीहरू अनेकन योजनाहरू बनाउने गर्छौं । यद्यपि समय बित्दैजाने क्रममा सुरुको मन हराएर त्यो शिथिल बन्न पुग्छ ।
यो वर्षमा आफ्ना उद्देश्य र सङ्कल्पलाई लेखेर टाइम क्याप्सूल(भविष्यमा कसैलाई केही थाहा दिन वा कसैसँग केही आदानप्रदान गर्ने हेतुले समय र मितिसहित कुनै महत्त्वपूर्ण सन्देश वा जानकारीहरू राख्नलाई प्रयोग गरिने बाकस, सन्दूक इत्यादि)मा राख्दा कसो होला ? चिट्ठी, अर्थपूर्ण सामग्रीहरू, तस्वीरहरू इत्यादिलाई पनि त्यससँगै राख्न सकिन्छ । त्यसलाई एक वर्षभरि सील गरी राखेर वर्षको अन्तमा परिवारसँगै खोल्नुहोस् । एक वर्षपछिको आफ्नो परिवर्तित स्वरूपबारे कल्पना गर्दै लेखेको कुरा, परिवारलाई प्रेम गर्ने मन समावेश गरेर लेखेका कुराहरूलाई टाइम क्याप्सूलबाट निकाल्दा रमाइलो र अर्थपूर्ण समय बन्नेछ नि, होइन र ?
- सुझाव
- आफ्नो निम्ति उद्देश्य बनाउने र त्यसलाई लागू गर्ने तरिकाबारे विस्तृत रूपमा लेख्ने
- परिवारको निम्ति उद्देश्य बनाउने र त्यसलाई लागू गर्ने तरिकाबारे विस्तृत रूपमा लेख्ने
- अबको एक वर्षपछि पढ्नको लागि आफ्नै निम्ति चिट्ठी लेख्ने
- अबको एक वर्षपछि पढ्नको लागि परिवारको निम्ति चिट्ठी लेख्ने
- पारिवारिक स्मृतिसम्बन्धी सामग्री वा तस्वीरहरू तयार गर्ने
- तयार गरिएका कुराहरू टाइम क्याप्सूलमा राख्ने, अनि सील गरिएको मिति र खोल्ने मिति लेखेर त्यसको बाहिरपट्टि टाँस्ने
- भित्तेपात्रोमा, क्याप्सूल खोल्ने दिनमा चिन्ह लगाउने अथवा मोबाइल फोनमा अलार्म सेट गर्ने
- तोकिएको समयभन्दा अघि नै खोल्न नपुगियोस् भनेर त्यसलाई कसैले नदेख्ने गरी छुट्टै ठाउँमा राख्ने