‘राम्रो अभिवादनले जीवनमा फरक पार्छ’ भन्ने एउटा भनाइ छ । सामाजिक सफलताको प्रसङ्ग उठ्दा ‘अभिवादन’लाई छुटाउन सकिँदैन । अभिवादनचाहिँ नम्र बन्ने तरिका मात्र नभएर आफ्नो सुन्दर भाव व्यक्त गर्ने र अर्को व्यक्तिप्रति रुचि दर्शाउने अभिव्यक्ति भएकोले अर्को व्यक्तिलाई त्यसले खुशी तुल्याउनेछ । यसकारण राम्ररी अभिवादन गऱ्यो भने काम पनि राम्रो हुनेछ ।
खुशी परिवार बनाउनमा पनि अभिवादनले ठूलो भूमिका निर्वाह गर्दछ । समयअनुसार राम्ररी अभिवादन गर्ने परिवारहरूको घर जीवन्त बन्छ । परिवारमा राम्ररी अभिवादन गर्नाले एक-अर्कालाई आदर गर्दै विचारशील हुने मन आउनुको साथै आपसी सञ्चार पनि स्वभावतः बढ्छ । अभिवादनचाहिँ छोरा-छोरीहरूका निम्ति एक घरेलु शिक्षा पनि हो ।
यो महिना, मौका मिल्नेबित्तिकै परिवारका सदस्यहरूलाई राम्ररी अभिवादन गर्नुहोस् । अभिवादन गर्नुभएन भने क्षमाप्रार्थी हुनुहुनेछ, अनि धेरै गर्नुभयो भने पनि त्यो बढीचाहिँ हुनेछैन । यहाँहरूले राम्ररी अभिवादन मात्र गर्नुभयो भने घरको वातावरणमा परिवर्तन आउनेछ ।
- सुझाव
- यी अवस्थाहरूमा अभिवादन गर्नुहोस् !
- बिहान उठेपछि ‘शुभ प्रभात’
- सुत्न जानुअघि ‘शुभ रात्री’
- कतै जाँदा ‘म गएर आउँछु’ अथवा कतै गएर आउँदा ‘म गएर आएँ’
- खाना खाँदाखेरि ‘मीठो मानी खानुहोस्’
- सहयोग पाउँदा ‘धन्यवादको अभिवादन’
- राम्रो कुराको कामना गर्दा ‘आशिष्को अभिवादन’
- कुनै राम्रो कुरा हुँदा ‘बधाईको अभिवादन’
- टाढा बस्ने परिवारको निम्ति ‘शुभेक्षाको अभिवादन’
- अभिवादन गर्ने तरिका
- आफैले पहिला गर्ने
- अर्को व्यक्तिको आँखामा हेर्दै गर्ने
- उज्यालो गरी मुस्काउँदै गर्ने
- ठूलो र स्पष्ट आवाजमा गर्ने
- स्नेह र आदरको मनद्वारा गर्ने
- नम्रतापूर्वक गर्ने