मार्केटिङ प्राध्यापक तथा अमेरिकी मनोवैज्ञानिक, क्यासी मोगिलनरले १८ देखि ८७ वर्षको उमेर समूहका मानिसहरूलाई लक्षित गर्दै खुशीसम्बन्धी अनुसन्धान गरिन् । अनुसन्धानको परिणामअनुसार, चलचित्र हेर्ने र पैदल हिँड्नेजस्ता दैनिक क्रियाकलापहरूमा खुशी महसुस गर्नेचाहिँ युवाभन्दा पाको उमेरका व्यक्तिहरू थिए । कारण एकदमै सरल छ । युवाहरू सामान्यतयाः विदेश भ्रमण अथवा विवाहबारीजस्ता विशेष अनुभवहरूबाट खुशी महसुस गर्छन् भने त्यसको ठीक विपरीत पाको उमेरका व्यक्तिहरूचाहिँ सडकमा फूलको बास्ना मात्र लिन पाउने सामान्य कुरामा पनि खुशी हुने गर्छन् ।
त्यसैले मानिसहरूले अति नै चाह गर्ने खुशीचाहिँ केवल नयाँ कुराद्वारा मात्र पाउन नसकिने कुरा साँच्चै उल्लेखनीय छ । केही आधुनिक मानिसहरू अमूर्त लक्ष्य बनाएर त्यसलाई सजिलै हासिल गर्न नसक्दा निराश हुने वा सानो दुर्गतिमा पनि निरुत्साहित हुने गर्छन् । अनि आफ्नो लक्ष्य पूरा गरेर पनि खुशी हुनुको सट्टा रित्तो महसुस गर्ने मानिसहरू पनि धेरै हुन्छन् ।
त्यसैले हामी कसरी खुशी हुने होला भन्ने कुरामा मात्र नअल्झिऔं । बरु, दैनिक क्रियाकलापमा भरिएको खुशीमा ध्यान केन्द्रित गरौं । कुनै विशेष दिन नभए पनि वा हिजोजस्तो आजको दिन सामान्य नै भए पनि, न्यानो घामको किरण अथवा कानमा गुञ्जिने झरीको आवाज, मुहारमा स्पर्श गर्ने हावा र शरीरलाई न्यानो पार्ने एक कप तातो चिया, यी प्रत्येक कुरामा खुशी भरिएको छ । त्यसमाथि, हरेक दिन परमेश्वरको मुक्ति हाम्रो साथमा भएकोले खुशी नहुने त कुनै कारण नै छैन । हामीजस्तै परमेश्वरको मुक्तिको अनुग्रह पाएको व्यक्ति अरू कोही छ र ?
“ए इस्राएल, तिमी धन्यका हौ, परमप्रभुद्वारा मुक्ति पाएको जाति, तिमीजस्तो को छ र ? …” व्य ३३:२९