सबैभन्दा महत्त्वपूर्ण कुरा

8,314 भ्यु
लेख सुन्नुहोस् 3:12

रिक रेस्कोर्ला अमेरिकी सेनाका एक अधिकारी थिए, र उनले आफ्नो अवकाशपछि न्यूयोर्कको एउटा लगानी बैंकमा सुरक्षा अधिकारीको रूपमा काम गरे । भवनको भुइँ तल्लामा भएको विष्फोटनपछि उनले कर्मचारीहरूलाई त्रैमासिक रूपमा सुरक्षित रूपमा कसरी बाहिर निस्कने भन्नेबारे कडा तालिम दिए । त्यो तालिम एकदमै कडा भएकोले मानिसहरूले काममा अवरोध भयो भन्दै गुनासो गरे ।

“कामभन्दा जीवन धेरै महत्त्वपूर्ण छ । आपत्कालीन अवस्थाको लागि तालिम अपरिहार्य छ ।”

तालिमको आवश्यकतामा सधैँ जोड दिने रेस्कोर्लाको सन् २००१ सेप्टेम्बर ११ मा काम गर्दा गर्दै मृत्यु भयो । वर्ड ट्रेड सेन्टरको पहिलो भवनमा आतंकवादी हमला हुँदा, दोस्रो भवनमा भने आफ्नो स्थान नछोड्नका लागि निर्देशन दिइयो । त्यो निर्णय गलत भएको कुरा महसुस गर्दै, रिकले आफ्ना कर्मचारीहरूलाई तुरुन्तै भवन छोडेर बाहिर निस्कन निर्देशन दिए । आफूले पाएको तालिमअनुसार सबैजना क्रमैसँग भवनको तलतिर ओर्लिए । रिकले आगन्तुकसहित ३,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालेपछि, बाँकी मानिसहरूलाई उद्धार गर्न भवनमा फर्किए, तर त्यो भवन भत्कियो ।

सबैभन्दा महत्त्वपूर्ण कुरा

3:12
0:00 3:12

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।