WATV.org is provided in English. Would you like to change to English?

सानो कार्यद्वारा थुपार्न सकिने आत्मिक आशिष्‌

25,634 भ्यु

सानो कुरामा समेत विश्वासी हुनुचाहिँ आत्मिक आशिष् थुपार्न सकिने एक सर्वोत्तम तरिका हो । आत्मिक आशिष्‌ कसरी थुपार्न सकिन्छ भन्ने कुराको असल उदाहरण मत्ती अध्याय २५ मा देख्न सकिन्छ ।

“किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई … तिनले हरेकलाई तिनीहरूका आ–आफ्नो योग्यताअनुसार एउटालाई पाँच सुनका सिक्का, एउटालाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले । तब पाँच सुनको सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच सिक्का कमायो । त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो । तर एक सिक्का पाउनेले चाहिँ गएर भुइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो । धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे । तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याई अगाडि आएर यसो भन्यो, ‘हजुर, … हेर्नुहोस्, मैले अरू पाँच सिक्का कमाएको छु ।’ मालिकले त्यसलाई भने, ‘स्याबास्, … दुई सिक्का पाउनेले पनि आएर … त्यसका मालिकले त्यसलाई भने, ‘स्याबास्, असल र विश्वासी नोकर ! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु । तँ आफ्ना मालिकको खुशीमा सहभागी हो ।’ ” मत्ती २५:१४-२३

परमेश्वरले दिनुभएको सिक्कालाई लगनशीलताका साथ लगानी गर्दै, अझ धेरै सिक्का कमाउनु नै स्वर्गमा प्रशस्त आशिष्‌ थुपार्न सकिने तरिका हो । आत्माको मुक्तिको मिसन पूरा गरेका सन्तानहरूलाई परमेश्वरले “धेरैलाई धार्मिकतामा डोऱ्याउनेहरूचाहिँ ताराहरूजस्तै सदासर्वदा चम्किरहनेछन्” भन्नुहुँदै स्वर्गीय अनन्त आशिष्‌को प्रतिज्ञा गर्नुभयो(दान १२:१–३) ।

सबै जातिलाई सुसमाचार प्रचार भएपछि, परमेश्वरले तिनीहरूलाई आफ्नो सामु भेला गर्नुभएर उहाँको धार्मिकताअनुसार तिनीहरूको इन्साफ गर्नुहुनेछ भनिएको छ । ती मानिसहरूलाई इन्साफ गर्नुहुने त्यो दृश्य उहाँले हामीलाई अघिबाटै देखाइदिनुभएर पवित्र आत्माको इच्छाअनुसार चल्न के गर्नुपर्छ भन्ने कुरा सिकाउनुभएको छ ।

“जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, … सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेडा र बाख्रालाई छुट्‌ट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ । उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ । तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, ‘आओ, मेरा पिताका धन्यका हो ! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर । … तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे–जति गऱ्यौ, त्यो तिमीहरूले मलाई नै गऱ्यौ । … यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे–जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’ तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन् ।” मत्ती २५:३१-४६

परमेश्वरको राज्यको निम्ति तयारी गर्दै यो समयमा हामीले गर्नुपर्ने कार्यको विषयमा येशूज्यूले सिकाउनुभएको छ ।

परमेश्वरले सबै थोक, सबैभन्दा सानो कुरासमेत खोजी गर्नुहुन्छ । उहाँले हाम्रो निम्ति स्वर्गमा यथेष्ट आशिष्‌ तयार गर्नुभएको छ । कस्तो कार्य आशिष्‌ गुमाउने कार्य हो र कस्तोचाहिँ आशिष्‌ थुपार्ने कार्य हो भन्नेबारे बाइबलमा पहिल्यै जानकारी दिइएको छ ।

स्वर्गमा आशिष्‌ थुपार्ने महत्त्वपूर्ण तरिका भनेकै सबैभन्दा सानो कुरामा समेत विश्वासी हुनु हो । हामीले सबैभन्दा सानाहरूका निम्ति गर्ने कार्यले आत्मिक आशिष्‌ थुपार्दछ भनेर येशूज्यूले भन्नुभएको छ । यो वचनप्रति होशियार हुँदै सुसमाचारको निम्ति दिइएको सिक्कालाई प्रयोग गरेर धेरैलाई धार्मिकतामा डोऱ्याउने कार्यमा सम्पूर्ण प्रयत्न गर्दै स्वर्गमा आशिष्‌ थुपार्ने हामीहरू हुन सकौं ।

“पवित्र आत्मा र दुलहीकहाँ आओ” अध्याय १३ बाट –