
कोठाको तापक्रम ६ डिग्री
योचाहिँ नोबेल पुरस्कार दुई पल्ट जित्ने म्याडम क्युरीको प्रयोगशाला नोटबुकमा लेखिएको कुरा हो । तातो बनाउने कुनै व्यवस्था नभएको चिसो गोदाममा दिनरात अनुसन्धानमा मग्न रहेकी क्युरीले, हजारौँ पटक युरेनियम धातुहरूलाई छुट्ट्याउने र प्रशोधन गर्ने प्रयोगमार्फत रेडियम निकालिन् र विकिरण उपचार(radiation therapy)को युग सुरुवात गरिन् ।
म्याडम क्युरीले आफू र आफ्ना भावी पुस्ताहरूलाई समेत आरामदायी जीवन दिन सक्ने पेटेन्टको अवसर त्यागिन् । उनले आफ्नो सम्पूर्ण धन-सम्पत्ति अनुसन्धानमा खर्च गरिन्, र विकिरणको(radiation) सम्पर्कका कारण बिरामी हुँदा समेत बिरामीहरूको उपचारका लागि सबैलाई स्वतन्त्र रूपमा रेडियम प्रयोग गर्ने अनुमति दिइन् ।
कुनै पनि सांसारिक लाभको आशा नगरी आफूसँग भएको कुरा अरूलाई बाँड्नु आफैमा एक महान् कार्य हो । यदि त्यो बाँडचुँडमा बलिदान पनि सामेल छ भने, त्यसको बारेमा अरू के नै भन्न सकिन्छ र ?
२,००० वर्षअघि, येशूज्यूले पापीहरूलाई बचाउनको लागि हरप्रकारको बलिदान सहँनुहुँदै हामीलाई नयाँ करारको सत्यता दिनुभयो । अनि यो युगमा, पवित्र आत्मा र दुलहीले हामीलाई जीवनको पानी सित्तैँमा दिनुभयो ।
स्वर्गीय पिता-माताको उदाहरणलाई पछ्याउँदै नयाँ करार सुसमाचारका कामदारहरूले एक आत्मालाई बचाउन हरप्रयत्न गरिरहेका छन् । यसरी उनीहरूलाई चम्किलो बनाउने कुरा भनेकै उनीहरूमा भएको निःस्वार्थ भावका साथ प्रेम बाँड्ने मन हो । सारा संसारमा मुक्तिको आशिष् बाँड्ने यस्तो सुन्दर कार्यले संसारको न्यानोपनलाई बढाइरहेका छ ।