​आमाको विश्वास​

6,235 भ्यु

सन् १९६० सेप्टेम्बर १७ तारिखमा रोम ओलम्पिक हेरिरहेका थुप्रै मानिसहरूको ध्यान एक जना अमेरिकी महिला खेलाडीमा केन्द्रित भयो । ती महिलाले १०० मिटर दूरीको दौड ११ मिनेटमा पार गरेर स्वर्ण पदक हासिल गरेकी थिइन् । त्यसपछि २०० मिटर र ४०० मिटर दूरीको रिले दौडमा थप दुई वटा स्वर्ण पदक जितेर कुल तीन वटा स्वर्ण पदक हात पार्न सफल भएकी ती स्त्री नै ‘विल्मा रुडल्फ’ हुन् ।

तर उनलाई यस्तो चर्चाको पात्र बनाएको चाहिँ तीन वटा स्वर्ण पदकले थिएन । त्योचाहिँ सानैदेखि हिँड्न पनि नसक्ने गरी उनी गम्भीर पक्षाघात रोगले ग्रसित अवस्थामा रहेको यथार्थताले गर्दा थियो । ती महिलाले आफ्नो सफलताको राज यसरी बताइन् ।

“यसको सबै श्रेय मेरी आमालाई जान्छ । आमाले सधैँ ममा ‘उत्कट इच्छा गरेमा सबै कार्य गर्न सकिन्छ’ भन्ने विश्वास रोपिदिनुहुन्थ्यो ।”

उनकी आमाले दुई वर्षसम्म हप्तामा दुई चोटि गरेर उनको उपचारको निम्ति दिनहुँ ८० किलोमिटर पैदल हिँडेर उनलाई अस्पतालसम्म लैजाने गर्नुहुन्थ्यो । उनले केही सेन्टिमिटर मात्र हिँड्दा पनि आमाले प्रशंसा गरिदिनुहुन्थ्यो, र राती सधैँ उनको खुट्टा मालिश गरिदिनुहुन्थ्यो । परिणामस्वरूप उनी खुट्टा खोच्याउँदै भए पनि विद्यालय जान सक्ने भइन्, अनि उनले खेलाडी बन्ने सपना पनि लिन सकिन् ।

खेलकुद प्रतियोगितामा सधैँ ढीलो भए तापनि हरेस नखाई अन्त्यसम्मै निरन्तर प्रयास गरेर आखिरमा उनी एक विश्वप्रसिद्ध दौड खेलाडी बन्न सफल भएको चाहिँ सधैँ उनको छेउमा रहनुभएर उनमा विश्वास भरिदिनुहुने उनकी आमाले गर्दा थियो ।