​आमाको विश्वास​

19,974 भ्यु
본문 읽기 4:02
현재 언어는 음성 재생을 지원하지 않습니다.

सन् १९६० सेप्टेम्बर १७ तारिखमा रोम ओलम्पिक हेरिरहेका थुप्रै मानिसहरूको ध्यान एक जना अमेरिकी महिला खेलाडीमा केन्द्रित भयो । ती महिलाले १०० मिटर दूरीको दौड ११ सेकेन्डमा पार गरेर स्वर्ण पदक हासिल गरिन् । त्यसपछि २०० मिटर र ४०० मिटर दूरीको रिले दौडमा थप दुई वटा स्वर्ण पदक जितेर कुल तीन वटा स्वर्ण पदक हात पार्न सफल भएकी ती महिला नै ‘विल्मा रुडल्फ’ हुन् ।

तर उनलाई यस्तो चर्चाको पात्र बनाएको चाहिँ तीन वटा स्वर्ण पदकले थिएन । त्योचाहिँ सानैदेखि हिँड्न पनि नसक्ने गरी उनी गम्भीर बाल पक्षाघात रोगले ग्रसित अवस्थामा रहेको यथार्थताले गर्दा थियो । उनले आफ्नो सफलताको राज यसरी बताइन् ।

“यसको सबै श्रेय मेरी आमालाई जान्छ । किनभने उत्कट चाह गरेमा सबै कार्य गर्न सकिन्छ भन्ने विश्वास उहाँले मलाई दिलाउनुभयो ।”

उनकी आमाले उनको उपचार गराउन हरेक हप्ता ८० किलोमिटर टाढा रहेको अस्पतालसम्म ओहोर-दोहोर गर्नुहुन्थ्यो । उनले केही सेन्टिमिटर मात्र हिँड्दा पनि आमाले प्रशंसा गरिदिनुहुन्थ्यो, र राती सधैँ उनको खुट्टा मालिस गरिदिनुहुन्थ्यो । परिणामस्वरूप उनी खुट्टा खोच्याउँदै भए पनि विद्यालय जान सक्ने भइन् ।

खेलकुद प्रतियोगितामा सधैँ ढीलो भए तापनि हरेस नखाई अन्त्यसम्मै निरन्तर प्रयास गरेर आखिरमा उनी एक विश्वप्रसिद्ध दौड खेलाडी बन्न सफल भएको चाहिँ सधैँ उनको छेउमा रहनुभएर उनमा विश्वास भरिदिनुहुने उनकी आमाले गर्दा थियो ।