खुला

13,667 भ्यु
लेख सुन्नुहोस् 4:13

खुला कन्सर्ट, खुला भाषण, खुला प्रतिस्पर्धा, खुला अनुभव जस्ता कार्यक्रमहरूमा ‘खुला’ भन्ने शब्द बढी प्रयोग हुने गर्दछ जसले जो कोहीलाई पनि प्रतिबन्धविना सहभागी हुने अवसर प्रदान गर्दछ भन्ने अर्थ बुझाउँछ । खुला भनिएको ठाउँमा प्रवेश गर्न सजिलो हुन्छ । जान मन भए पनि यदि ढोका बन्द छ भने भित्र पस्न सकिँदैन तर ढोका खुला हुँदा नहिचकिचाइकन सजिलै भित्र पस्न सकिन्छ । 

सुसमाचार प्रचारको सन्दर्भमा पनि उस्तै हो, सुसमाचार फैलाउनका लागि पनि ढोका खोलिएको हुनुपर्छ । मनको ढोका पूर्ण रूपमा बन्द गर्ने मानिसहरूका सामु, जेसुकै सुनाए पनि तिनीहरू त्यो कुरामा सहमत हुँदैनन् । सबै किसिमको वाक्शक्ति प्रयोग गरेर सबै प्रकारका तरिका र उपाय अपनाए तापनि ती मानिसहरूको हृदयभित्र कदापि पस्न सकिँदैन । 

चाबी लिनुभएका व्यक्तिचाहिँ परमेश्वर हुनुहुन्छ । केवल परमेश्वरले मात्र मानवजातिको हृदयको ढोका खोल्न र सुन्न सक्नुहुन्छ । 

अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वरभक्त स्त्रीले हाम्रा वचन सुनिन् । पावलले बोलेका कुरा ध्यानसँग सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो । प्रेरित १६:१४

सुरुमै, खोलियोस् भनेर हामीले बिन्ती गर्नुपर्ने कुरा नै स्वर्गको ढोका हो । यदि परमेश्वरले हाम्रो सोचाइ र कार्यबाट प्रसन्न हुनुभएर आशिष्‌को ढोका खोलिदिनुभयो भने मानिसहरूको हृदयको ढोका स्वतः खोलिनेछ । त्यसपछि, बल्ल हामीले गहिरो प्रतीक्षा गरेको फल फल्नेछ ।

खुला

4:13
0:00 4:13

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।