WATV.org is provided in English. Would you like to change to English?

अवसर

14,260 भ्यु
लेख सुन्नुहोस् 2:50

१९औँ शताब्दीको सुरुतिर युरोपमा ठूलो सफलता पाएपछि रोथस्चाइल्ड बैंकले अमेरिकामा नयाँ शाखा विस्तार गर्ने योजना बनायो ।

एक दिन, बैंकका अध्यक्षले एक जना सक्षम कर्मचारीलाई बोलाएर सोधे,

“हामीले अमेरिकामा नयाँ शाखा विस्तार गर्ने योगना बनाएका छौं, र मेरो विचारमा यो नै उपयुक्त समय हो । त्यहाँ जानको लागि तपाईंलाई कति समय लाग्ला ?”

अकमकाउँदै ती कर्मचारीले १० दिन लाग्ने कुरा बताए । अध्यक्षले ती कर्मचारीलाई बाहिर पठाएर अर्को कर्मचारीलाई बोलाए, अनि उही प्रश्न सोधे । उनले आफू ३ दिनमा जान सक्ने कुरा बताए ।

अध्यक्षले फेरि अर्को कर्मचारीलाई बोलाएर त्यही प्रश्न सोधे । ती कर्मचारीले भने,

“म अहिले नै जान सक्छु ।”

“ठीक छ, त्यसोभए आजैदेखि तपाईं सान फ्रान्सिस्कोमा प्रबन्धकको रूपमा काम गर्नुहोस् ।”

वास्तवमा ती कर्मचारी नै जुलियस मे हुन् जसले सान फ्रान्सिस्कोको रोथ्स्चाइल्ड बैंकमा प्रबन्धकको रूपमा काम गरे, र पछि संसारको सबैभन्दा धनी मानिस बने ।

अवसर

2:50
0:00 2:50

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।