सन् १९३२मा संयुक्त राज्य अमेरिकास्थित सान फ्रान्सेस्कोमा जन्मिएका बिल पोटर, जन्मिएदेखि मानसिक पक्षघातले ग्रस्त थिए । उनी गाह्रो गरी बोल्थे, ढाँड पनि कुप्रो परेको थियो, अनि उनको दाहिने हात र खुट्टामा समस्या थियो । उच्च विद्यालयबाट स्नातक तह उत्तीर्ण गरेपछि उनले जागिर खोजे, तर कुनै पनि कम्पनीले उनलाई जागिर दिएन । घर सरसफाइ सामग्रीहरू बेच्ने ‘वाटकिन’ कम्पनीले सुरुमा उनलाई फर्काइदिएको थियो । तर पोटरले “मलाई सबैभन्दा विकट ठाउँमा पठाइदिनुहोस्” भन्दै रिझाएकोले अन्तत: उक्त कम्पनीले उनलाई सामग्री बिक्रेताको रूपमा नियुक्त गऱ्यो ।
पानी वा हिउँ परे पनि उनलाई तोकिदिइएको ठाउँमा दिनहुँ गह्रौँ झोला बोकेर उनी लगभग ११ कि.मि. हिँड्थे । कुनै सत्कार नपाए पनि, ढोकाहरू जोडले लगाइएको भए पनि, मानिसहरूबाट पाएको अपमानलाई अर्को पटक अझ राम्रो सामान लिएर आउनू भन्ने अनुरोधको रूपमा लिएर उनले २० वर्षसम्म ढोकाहरू ढकढक्याइरहे ।
यो कुराबाट प्रभावित भएका ग्राहकहरूको मन खोलिन थाल्यो, र उनीहरूले उनका सामानहरू मगाउन थाले । अन्तत: उनी कम्पनीको निम्ति एक उत्कृष्ट बिक्रेता बन्न पुगे । उनले वाटकिनमा बनाएको रेकर्डलाई अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन ।
उनलाई आफ्नो बाटोमा अन्त्यसम्म हिँड्ने बनाएको चाहिँ धैर्यताको शक्तिले थियो । उनले धैर्यताद्वारा सबै प्रतिकूल अवस्थाहरूको सामना गरे ।
“धैर्यता र सहनशीलताद्वारा अन्त्यसम्म स्थिर रहो” बिल पोटर