WATV.org is provided in English. Would you like to change to English?

जिउनुपर्ने कारण

7,997 भ्यु

संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ५० वर्षीय जोन सेइन, शिकारमा जाने आफ्नो उहिलेदेखिको सोख पूरा गर्न एकलै घना जङ्गलभित्र पसे । त्यहाँ तिनले बडेमानको बाह्रसिङे मृग देखे । त्यसलाई निशाना बनाएर त्यसको पछिपछि दौडिने क्रममा दुर्भाग्यवश तिनको दाहिने खुट्टा भाँचियो । तिनी हलचलै गर्न सकेनन् । तीमाथि मोबाइल नेटवर्क पनि नदेखाएको हुनाले तिनले उद्धार टोलीलाई गुहार्न पनि सम्भव भएन ।

पीडा झन्-झन् बढ्दैगएर जिउने आशा पटक्कै नहुँदा तिनले आफ्नी प्रिय पत्नी र दुई सन्तानलाई बिदाइको पत्र लेख्न थाले । यसरी जीवनप्रति हरेस खानैलाग्दा एउटा कुराले तिनलाई धैर्य गर्न उत्प्रेरित गरायो । त्यो नै, ‘म मेरो परिवारलाई कहिल्यै त्याग्न सक्दिनँ । जतिसुकै पीडा भए तापनि म जीवितै मेरो परिवारलाई भेट्नेछु’ भन्ने तिनको सोच थियो ।

तिनले आफ्नो लुगा च्याते, अनि हाँगाहरूलाई आफ्नो खुट्टामा बाँधेर तिनी घस्रँदै हिँड्न थाले । त्यसरी चार दिन, चार रातसम्म तिनले ठूलो सङ्घर्ष गरे । शरीरको बल घटेर सिद्धिनैलाग्दा चमत्कारपूर्वक एक जना बटुवालाई तिनले त्यो बाटोमा देखे, र तिनको जीवन सकुशल उद्धार भयो । वास्तवमा परिवारप्रतिको तिनको प्रेमले गर्दा नै, जोखिमपूर्ण अवस्थामा रहेका तिनलाई र तिनको परिवारलाई बचाउन सकेको हो ।