परिवारको थकाइ दूर गर्ने

9,856 भ्यु

स्कूलको पढाइ, जागिर, घरायसी काम इत्यादिका कारण हाम्रो शरीर थाक्ने गर्छ । त्यो थकाइ लामो समयसम्म रहिरह्यो भने त्यसले शरीर र मन दुवैलाई नकारात्मक असर गर्न सक्छ । यसकारण त्यसलाई समयमै दूर गरिहाल्नुपर्छ । थकाइ दूर गर्ने विभिन्न माध्यमहरू त छन्, तर तीमध्येको सबैभन्दा शक्तिशाली एउटा माध्यम नै पारिवारिक प्रेम हो ।

दिनभरिको गाह्रो कामबाट घर फर्किएको भए पनि परिवारसँग पर्याप्त कुराकानी र हाँसखेल गऱ्यो भने थकाइ दूर हुनेछ । यो महिनामा पारिवारिक प्रेमलाई व्यवहारमा लागू गरेर परिवारको थकाइ दूर गर्नुहोस् ! मायालु परिवारलाई हौसला दिन प्रयत्न गर्ने क्रममा आफ्नै थकाइ पनि स्वतः दूर हुनेछ ।

सुझाव
शारीरिक थकाइ दूर गर्ने
हलुकासँग मालिश गरिदिने
छोटो समय परिवारसँगै हलुका व्यायाम गर्ने
कसैले आराम नगरी काम गरिरहेको छ भने थोरै भए पनि सहयोगको हात बढाइदिने
घर भर्खरै आइपुगेका सदस्यलाई एक गिलास पानी दिने
मनतातो पानीले गोडा धोइदिने
मानसिक थकाइ दूर गर्ने
परिवारको मूड बुझेर दिन कस्तो रह्यो भनेर सोध्ने
परिवारलाई मन पर्ने कुनै गतिविधि गर्दै हँसाइदिने
आफ्नो मन अभिव्यक्त गर्ने (“हजूर साथमा हुनुभएकोमा म खुशी छु,” “तिमीजस्तो छोरा/छोरी पाएकोमा म खुशी छु” वा “हिजोभन्दा आज अझ माया गर्छु !”)
एक दिन सुरु गर्दा र समाप्त गर्दाखेरि आफ्नो परिवारलाई मोबाइल सन्देश पठाएर वा फोन गरेर हौसला दिने