परिवारसँग वार्तालाप गर्दाखेरि यहाँहरू कस्तो प्रतिक्रिया दिने गर्नुहुन्छ ? ध्यानै नदिईकन सुनेजस्तो मात्र गर्ने अथवा व्यस्तताको बहाना बनाउँदै तर्किने गरिरहनुभएको त छैन ? परिवारका सदस्यहरूले एक-अर्कालाई बुझ्नको निम्ति वार्तालाप महत्त्वपूर्ण हुन्छ । सद्भावपूर्ण परिवारको निम्ति यो एउटा आधार पनि हो । उत्साहजनक प्रतिक्रिया दिँदै एक-अर्कासँग वार्तालाप गऱ्यो भने वार्तालाप अझ रोचक बन्न पुग्छ । किनभने चासो र आदरको अभिव्यक्ति दिँदाखेरि सुन्ने व्यक्तिलाई राम्रो लाग्छ । बोल्ने व्यक्तिलाई सुन्ने व्यक्तिले आफूलाई बुझिदिएको छ भन्ने लाग्नेछ, त्यसो हुँदा उसले खुलेर कुराकानी गर्नेछ । वार्तालापद्वारा प्रेम पनि निश्चय बढ्नेछ । यो महिनामा आफ्नो परिवारको कुरा सुनेर सक्रियतापूर्वक प्रतिक्रिया जनाउनुहोस् !
- सुझाव
- कसैले बोलिरहेको छ भने ध्यान दिएर सुनिदिने
- बोल्ने व्यक्तिको भावलाई “ए,” “त्यै त,” अथवा “ठीक हो” भन्दै बुझिदिन कोसिस गर्ने
- “हो र ?,” “अनि त्यसपछि ?” अथवा “जस्तै ?” भन्दै जिज्ञासु भएर प्रश्न सोध्ने
- “वाह्,” “उत्तम,” अथवा “रोचक छ !” भन्दै प्रशंसाको अभिव्यक्ति दिने
- बोल्ने व्यक्तिसँग आँखा जुधाउने
- आफूले दिएको प्रतिक्रियासँग मिल्ने खालको अनुहारको अभिव्यक्ति बनाउने
- बूढी औँला उठाउने वा ताली बजाउने जस्ता हाउभाउहरू गर्ने
- सहमति त जनाउने तर बीचमै नबोल्ने