रोली-पोली खेलौनाजस्तै

19,196 भ्यु
लेख सुन्नुहोस् 3:33

जतिसुकै ढलाउन खोजे पनि कहिल्यै नढल्ने तर तुरुन्तै जुरुक्क उठिहाल्ने खेलौना हो, रोली-पोली खेलौना । यो खेलौना लडला-लडला जस्तो भए पनि तुरुन्तै फेरि सिधा उभिन सक्नुको कारणचाहिँ यसको गुरुत्वाकर्षण केन्द्र तल्लो भागमा भएकोले गर्दा हो ।

यदि गुरुत्वाकर्षणको केन्द्र माथिल्लो भागमा हुने हो भने, रोली-पोली खेलौना नै भए पनि सीधा उभिन सक्दैन । शरीरको सन्तुलन तलतिर नमिलेर जति नै उठाउन खोजे पनि त्यो ढलिहाल्छ ।

हाम्रो मनको केन्द्र पनि माथि भयो भने विश्वासलाई स्थीर बनाउन सकिँदैन । मन जति माथि हुन्छ, त्यति नै चाँडो ढल्ने अवस्था हुन्छ ।

अहङ्कारी मन भनेको आफूले चाहेअनुसार नहुँदा निराश हुने मन हो । माताको शिक्षा

यदि तपाईंले हरेक कुरामा निराश महसुस गरिरहनुभएको छ भने, योचाहिँ तपाईंको मन अहङ्कारी हुँदै गइरहेको छ भन्ने कुराको प्रमाण हो । यो नै विश्वासको मार्गमा तपाईं ढल्ने जोखिममा हुनुहुन्छ भन्ने सङ्केत हो ।

घमण्डी मनलाई त्यागेर परमेश्वरले देखाउनुभएको उदाहरणजस्तै सधैँ सेवा गर्ने मन र विनम्र मन लियौं भने, जसले जे गरे पनि कहिल्यै नढल्ने विश्वास कायम राख्न सकिन्छ । अनि केही बेरका लागि डगमगायो भने पनि तुरुन्तै जुरुक्क उठ्न सक्ने आत्मिक रोली-पोली बन्न सकिन्छ ।

रोली-पोली खेलौनाजस्तै

3:33
0:00 3:33

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।