WATV.org is provided in English. Would you like to change to English?

उस्तै दिनचर्या भए पनि

10,229 भ्यु
लेख सुन्नुहोस् 3:47

के तपाईं आफ्नो एकैनासको र पट्यारलाग्दो दैनिक जीवनदेखि दिक्क हुनुहुन्छ ? एउटा रोजगार पोर्टल साइटले गरेको सर्वेक्षणअनुसार, जागिरेहरूले सबैभन्दा बढी निराशा तब महसुस गर्छन् जब उनीहरूलाई आफ्नो दिनचर्या हरेक दिन एउटै चक्रमा दोहोरिएको भान हुन्छ । घानीको गोरू घुमेझैँ प्रत्येक दिन एउटै चक्रमा लगातार काम गरिरहँदा कहिलेकहीँ थकाइ र वाक्क लाग्न सक्छ । तर सोचाइ परिवर्तन गर्दा जीवन नै बद्लिनेछ । विगत ६० वर्षभन्दा बढी समयदेखि सुसी बनाउँदै आएका एक प्रसिद्ध सुसी मास्टर सेफले यसो भनेका छन् ।

“कुनै पनि काममा विज्ञ वा मास्टर बन्ने अचुक उपाय भनेको हरेक दिन एउटै कुरालाई निरन्तर दोहोर्‍याउनु हो ।”

कुनै एउटा काममा निरन्तर लागिरह्यो भने, उक्त काममा एक विज्ञ वा सिद्धहस्त बन्न सकिनेछ । दक्षता एकै दिनमा निर्माण हुँदैन, तर यो हरेक दिनको एउटै दिनचर्यालाई निरन्तर दोहोर्‍याउँदा बिस्तारै-बिस्तारै हुँदै जाने कुरा हो । यदि आफ्नो दैनिक जीवनलाई पट्यारलाग्दो मान्नुहुन्छ भने, तपाईंको आज हिजोजस्तै र भोलि आजजस्तै हुन पुग्छ, जसलाई तपाईंले बदल्न सक्नुहुन्न । तर यदि तपाईंले आज आफ्नो क्षेत्रमा उत्कृष्ट बन्नका लागि अर्को एक कदम अगाडि बढिरहेको छु भन्ने कुरा विश्वास गर्नुभयो भने, तपाईंले आफ्नो आजलाई हिजोभन्दा र भोलिलाई आजभन्दा अझ राम्रो बनाउन सक्नुहुनेछ ।

उस्तै दिनचर्या भए पनि

3:47
0:00 3:47

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।