भाषा चयन गर्नुहोस् ।

Close

आकाशबाट झर्ने स्यान्डवीच

3,177 भ्यु

स्यान्डवीच खानको निम्ति ग्राहकहरूले माथि आकाशतिर हेर्नुपर्ने एउटा स्यान्डवीच पसल छ । विशेष कुरा यति मात्र होइन । त्यहाँ त टेबलहरू, कुर्सीहरू र काउण्टर पनि छैन । अझ त्यो पसलचाहिँ पहिलो वा दोस्रो तलामा नभएर सातौँ तलामा छ । यहाँहरूलाई यो अलि हाँसउठ्दो लाग्छ होला, तर पसलको विषयमा सुनेर आउने ग्राहकहरूको त्यहाँ घुइँचो लाग्ने गर्छ । यो नै अस्ट्रेलियाको मेलबर्नमा अवस्थित जाफल सुट(Jafflechutes) नामको स्यान्डवीच पसल हो ।

जाफल सुट भन्ने शब्दचाहिँ जाफल(सेकाइएको स्यान्डवीच) र प्यारासुटको संयोजन हो । यसका ग्राहकहरूले अनलाइनमार्फत अग्रिम अडर गरेर स्यान्डवीचको लागि पैसा भुक्तानी गर्छन्, अनि निर्धारित समय र X चिन्ह भएको ठाउँमा गएर पर्खिन्छन् । तब सानो प्यारासुटमार्फत अडरअनुसार उनीहरूकहाँ स्यान्डवीचहरू पुऱ्याइन्छ । त्यसैले यो ठाउँमा भेला भएका ग्राहकहरूलाई माथि आकाशतिर हेरिरहेको देखिन्छ । मानिसहरू सजिलै आवतजावत गर्न सकिने पहिलो तलाको भाडा एकदमै महङ्गो भएकोले मालिकले सातौँ तलामा पसल खोलेका रहेछन्, तर तिनको त्यो उत्तम उपायले व्यापारमा सफलता दिलाएको छ ।

कठीन र कमजोर अवस्थाचाहिँ त्यसप्रति लिइने दृष्टिकोणअनुसार नयाँ र फलदायक अवस्थामा परिवर्तन पनि हुन सक्छ ।