भ्रममा परेको इन्द्रिय

5,793 भ्यु
ⓒ Edward H.Adelson / http://web.mit.edu/persci/people/adelson/checkershadow_illusion.html / Copyrighted free use

“चित्रमा खण्ड A र खण्ड B कुन रङको देखिन्छ ?”

“खण्ड A खैरो र खण्ड B सेतो रङको देखिन्छ ।”

प्रायः सबैले यसै गरी उत्तर दिन्छन् । तर के यो उत्तर वास्तवमै सही छ ? यसको सही उत्तरचाहिँ “खण्ड A र खण्ड B उस्तै रङका छन् ।” विश्वास गर्न गाह्रो भएमा वरपरका कुराहरूलाई छोपेर ती दुई वटा खण्डलाई मात्र हेर्नुहोस् । मानव शरीरका इन्द्रियहरूमध्ये मानव-सूचना सबैभन्दा धेरै प्राप्त गर्ने इन्द्रिय भनेको दृष्टि हो । तर दृष्टिको इन्द्रिय समेत कहिलेकहीँ भ्रममा पर्न सक्छ, जसलाई दृष्टि-भ्रम भनिन्छ ।

दृष्टिभ्रम गराउने एउटा कारणचाहिँ मस्तिष्कले संज्ञानात्मक प्रक्रियाभित्र रेटिनामा प्रवाह भएको सूचनालाई जस्ताको तस्तै स्वीकार नगरी वरपरको स्थिति वा पहिलाको ज्ञानद्वारा अनुमान लगाउन खोजेकोले गर्दा हो । चित्रमा पनि वरपरका रङको प्रभाव अनि ‘छाया पऱ्यो भने अँध्यारो देखिन्छ’ भन्ने सोचाइका कारण खण्ड B अलि उज्यालो देखिएको हो । ती दुई खण्डहरू उस्तै रङका छन् भन्ने यथार्थता जानेपछि पनि हाम्रो दृष्टिमा ती अझै फरक रङका देखिन्छन् । यो साँच्चै रोचक छैन र ?

हाम्रा इन्द्रियहरू सबै पूर्ण छैनन् । त्यस्ता इन्द्रियहरूबाट आउने ज्ञान र सूचनाहरू गलत हुन पनि सक्छन् । यसकारण आफ्नो व्यक्तिगत सोचाइ, भाव र मूल्याङ्कन नै सही छ भन्ने भ्रमलाई हामीले हटाउनुपर्छ ।