ठूलो रूख ढल्नुको कारण

29,167 भ्यु
लेख सुन्नुहोस् 1:57

अमेरिकाको कोलोराडो राज्यको एउटा पहाडमा ४०० वर्षभन्दा बढी समयसम्म दह्रो गरी खडा रहेको एउटा ठूलो रूख एक दिन गर्लम्मै ढल्यो ।

त्यस रूखले सयौँ वर्षसम्म ठूलो आँधी-बेहरीलाई पनि जित्दैआएको थियो । करीब १४ पटकसम्म चट्याङ लागे पनि त्यो रूख ढलेको थिएन । दर्जनौँ पटक प्रचण्ड आँधी सहँदै भूकम्पमा पनि स्थिर रहन सकेको त्यो रूख एकदमै मजबूत थियो ।

यस्तो मजबूत रूख ढल्नुको कारण के थियो होला ? अचम्मको कुरा, त्यो रूख ढल्नुको कारण नै केही साना खपटे कीराहरूले गर्दा रहेछ । रूखको बोक्राभित्र पसेका खपटे कीराहरूले अलिअलि गर्दै लगातार रूखको डाँठ खाएकाले जङ्गलको सबैभन्दा बलियो रूख अन्ततः ढल्न पुग्यो ।

ठूलो रूख ढल्नुको कारण

1:57
0:00 1:57

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।