भाषा चयन गर्नुहोस् ।

Close

खजाना बाँड्दा

12,476 भ्यु
본문 읽기 2:11
현재 언어는 음성 재생을 지원하지 않습니다.

जब थोमस एडिसनले फोनोग्राफको आविष्कार गरे, उनले वैज्ञानिक जर्नल र पत्रपत्रिकाहरूमा आफ्नो आविष्कारबारे सक्रिय रूपमा प्रचार गरे । पछि उनले बिजुली बत्ती (Incandescent light bulb)आविष्कार गर्नका लागि अनुसन्धान सुरु गरे जुन कुरा पत्रपत्रिकाहरूमा पनि छापियो, र मानिसहरूको अपेक्षा बढ्दैजाँदा ठूला लगानीकर्ताहरूले आर्थिक रूपमा सहयोग गरे ।

एडिसनका आविष्कारहरू अझ प्रख्यात भए, किनभने उनले ती आविष्कारहरू आफूमा मात्र सीमित राखेनन्, तर अरू मानिसहरूले पनि व्यापक रूपमा त्यसको प्रयोग गर्न सकून् भनेर सबैलाई आफ्नो आविष्कारबारे जानकारी गराए ।

जब हामी कुनै पनि फाइदाजनक कुरा आफूमा मात्र सीमित नराखी अरूसँग सक्रिय रूपमा बाँड्छौं तब त्यो कुरा अझ उपयोगी खजाना बन्नेछ ।