वृक्षारोपण

हिजोआज सबै मौसममा सूक्ष्म धूलोका कणहरूले ठूलो समस्या निम्याइरहेको छ । यो समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे बहस चलिरहेको बेला, वातावरणविद्हरूले एउटा भरपर्दो र सजिलो उपाय बताएका छन् —वृक्षारोपण । केही वर्षअघि, कोरिया वन अनुसन्धान विभागले सोलमा उत्पन्न हुने सूक्ष्म धूलोको ४२ % वनजङ्गलले सोस्ने कुरा पत्ता लगाएको थियो ।
वृक्षारोपण एउटा सजिलो उपायजस्तो देखिए पनि एउटा सानो बिरुवा पूर्ण रूपमा हुर्किंएर, सूक्ष्म धूलोका कणहरू सोस्ने र स्वच्छ अक्सिजन फाल्ने बन्नका लागि धेरै प्रयास र समय लाग्छ । हाम्रो नयाँ सन्तहरूको हकमा पनि उही हो, उनीहरू पनि अन्ततः संसारमा असल काम गर्ने परिपक्व सुसमाचारका कामदारहरू बन्छन् ।
परमेश्वरले धैर्यताका साथ हुर्काउनुभएको सुसमाचारको वन अझ घना र बाक्लो हुँदै गइरहेको छ, र संसारको हरेक कुनामा फैलिरहेको छ । जीवनको पानी र प्रेम सधैँ बगिरहने सियोनमा धेरै आत्माहरू स्वस्थ रूपमा हुर्किंन्छन् ।