परमेश्वर सँगसँगै हिँड्दा

21,887 भ्यु
लेख सुन्नुहोस् 3:08

के तपाईं कुनै चर्चित पर्यटकीय क्षेत्र आफूले सोचे जति राम्रो नभएकोले वा त्यहाँको सुविधाहरू नराम्रो भएकोले निराश हुनुभएको छ ? तर यदि त्यो यात्रामा उस्तै सोचाइ भएका व्यक्तिहरू गए भने त्यो यात्रा साँच्चै यादगार हुन्छ । उस्तै सोचाइ भएको मानिससँग जुनसुकै ठाउँमा जेसुकै गर्दा पनि सन्तुष्टि महसुस हुन्छ ।

परमेश्वर सँगसँगै हिँड्दा पनि उस्तै हो । परमेश्वरको सोचाइ र हाम्रो सोचाइ उस्तै भयो भने सधैँ आनन्दित भएर निरन्तर प्रार्थना गर्न सकिन्छ र सबै परिस्थितिमा धन्यवाद चढाउन सकिन्छ (१ थेस ५:१६-१८) । जबसम्म हामीले हाम्रो मुक्ति र उज्ज्वल भविष्यबारे फिक्रि गर्नुहुने परमेश्वरजस्तै सोच्दछौं तबसम्म हामी कहिल्यै निराश हुनेछैनौं र विश्वासको मार्ग जतिसुकै कठिन भए पनि हिम्मत हार्नेछैनौं ।

“के दुई जना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र ?” आमो ३:३

परमेश्वरसँग सहमत नहुने हो भने उहाँ सँगसँगै हिँड्न गाह्रो हुन्छ । यदि हामी परमेश्वर सँगसँगै हिँड्न चाहन्छौं भने, पहिले परमेश्वरको इच्छा बुझ्नुपर्छ । अनि परमेश्वरसँग नमिल्ने सोचाइहरू फाल्नुपर्छ ।

परमेश्वर सँगसँगै हिँड्दा

3:08
0:00 3:08

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।