काम गरेअनुसार

यो संसारमा कसैले पनि केही नगरी त्यसै दिन बिताउँदैन । मानिसचाहिँ जन्मिएदेखि मृत्युको अन्तिम घडीसम्म काममै अल्झिरहेको हुन्छ । बाहिरबाट हेर्दा केही नगरेजस्तो देखिने मानिसहरूले पनि खाने, सुत्ने र सोच्नेजस्ता कामहरू गरिरहेकै हुन्छन् ।
सबै मानिसहरूले साना वा ठूला कामहरू गरिनै रहेका हुन्छन् । कतिपयले त कसैले पनि गर्न नसक्ने महान् कामहरू गरिरहेका हुन्छन् । हरेक दिन उही काम गरेर जीवन बिताउनका लागि मानव जीवन एकदमै छोटो र अमूल्य छ भनेर महसुस गर्ने मानिसहरू यिनीहरू नै हुन् ।
उनीहरूले जीवनमा स्पष्ट उद्देश्य लिएका हुन्छन् । परिणामस्वरूप उनीहरूले एक दिन पनि बर्बाद गर्दैनन् । दैनिक जीवनमा गरिने कार्यप्रति विचारशील हुँदै, उनीहरूले सामान्य काम, अनिवार्य गर्नुपर्ने काम, गर्नमा असल देखिने काम, अनावश्यक काम र हानि पुऱ्याउने कामको वर्गीकरण गर्छन् र अर्थपूर्ण रूपमा त्यो काम पूरा गर्न वा नगर्नका लागि प्रयत्न गर्छन् । परिस्थिति बस केही समयका लागि गाह्रो अवस्था आइपरे पनि, उनीहरूले सार्थक कुराहरू सोच्दै आफ्नो जीवनको लक्ष्य प्राप्तिका लागि सार्थकपूर्ण काम गर्छन् ।
“हेर, म चाँडै आउँदैछु । हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ । प्रकाश २२:१२
स्वर्गको उद्देश्य लिनुभएको तपाईंले आज कस्तो काम गर्नुभयो ?