कम्प्यूटर र स्मार्टफोनको लोकप्रियता बढेसँगै हस्तलिखित अक्षरको परम्परा लोप हुँदैगएको छ । किबोर्ड वा टच स्क्रिनद्वारा सजिलै सन्देश र चिट्ठीहरू पठाउन सकिने भएकोले हिजोआज मानिसहरूले कलम वा पेन्सिल खासै प्रयोग गर्दैनन् । तर औँलाले थिचेर टाइप गरिने सुविधाजनक डिजिटल अक्षरहरूभन्दा हस्तलिखित अक्षरहरूले अर्को व्यक्तिलाई अझ धेरै प्रभावित तुल्याउँछ । हस्तलिखित चिट्ठीले त्यो पाउने व्यक्तिमा मात्र नभएर लेख्ने व्यक्तिमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ, अनि लगातार हातले चिट्ठी लेख्ने व्यक्तिमा अरूप्रतिको प्रेम अझ धेरै हुन्छ भन्ने कुरा एउटा अनुसन्धानले देखाएको छ ।
यो महिनामा आफ्ना अमूल्य परिवारको निम्ति कलम उठाइहेर्नुहोस् । चिट्ठी, कार्ड, नोट, पोस्टकार्ड, सुलेख इत्यादि जे भए पनि हुन्छ । एक-एक शब्द लेख्दैपिच्छे यहाँहरूले आनन्द महसुस गर्नुहुनेछ, अनि अर्को व्यक्तिप्रतिको यहाँहरूको प्रेम अझ गाढा हुँदैजानेछ ।
- सुझाव
- परिवारका सदस्यहरूको टिफिन बक्सभित्र नोट राखिदिने वा कुनै खानेकुरासहित नोट दिने
- परिवारको निम्ति समर्थन र हौसलापूर्ण सन्देश लेखेर देखिने ठाउँमा टाँसिदिने
- परिवारसँगै कार्डहरू बनाएर त्यसमा एक-अर्काको निम्ति सन्देश लेखिदिने
- घरबाट टाढा रहेका परिवारका सदस्यहरूलाई धन्यवाद र सम्झनाको चिट्ठी लेखेर पठाउने
- परिवारसँगै सादा पानामा केही लेख्न समय निर्धारण गर्ने
- हस्तलिखित चिट्ठीमा कुनै चित्र कोर्ने
- घरमा पोष्ट बक्स बनाएर त्यहाँबाट चिट्ठी आदनप्रदान गर्ने
- परिवारका सदस्यहरूबाट प्राप्त गरेको चिट्ठीलाई एक ठाउँमा सुरक्षितसाथ राख्ने