जित्न सकिने सोचाइ र मनस्थिति

28,093 भ्यु

मानिसहरू बिरामी परेको बेला प्रायः कुक्रुक्क पर्ने गर्छन् । तर एउटा अनुसन्धानका अनुसार बिरामी हुँदा, दुखाइलाई जित्न शरीरलाई कुक्रुक्क पार्नुभन्दा शरीरलाई तन्काउनु एकदमै प्रभावकारी हुन्छ ।

छाती फुलाएर आत्मविश्वासका साथ सीधा भएर बस्दा टेस्टोस्टेरोन(testosterone) भन्ने पुरुष हर्मन अझ धेरै उत्पन्न हुन्छ । यो टेस्टोस्टेरोनले दुखाइ सहन मद्दत गर्दछ ।

यसमा मनोवैज्ञानिक कारण छ । कुक्रुक्क परेर बस्दा शरीरले ‘अहिले सामना गरिरहेको दुखाइ सहन गाह्रो छ’ भन्ने कुरा महसुस गर्दछ । त्यसको ठीक विपरीत, शरीर तन्काउँदा शरीरले स्वतः दुखाइ सहने आत्मविश्वास प्राप्त गर्दछ ।

मानसिक पीडाको सन्दर्भमा पनि उस्तै सिद्धान्त लागू हुन्छ । मनमा पीडा हुँदा शिर झुकाउनुभन्दा साहसका साथ शिर उठाउँदा त्यो पीडालाई सजिलै पार गर्न सकिन्छ ।

शरीर र मन जति धेरै दुख्छ, त्यति नै ‘जित्न सक्छु’ भन्ने सकारात्मक सोचाइ र मनस्थिति लिनुपर्छ ।